कोलम्बियासँग पानामा ३ गोलले पराजित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
३३ पटक हेरिएको
Shares
कोलम्बियासँग पानामा ३ गोलले पराजित

सारांश

  • एजेन्सी ।
  • अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा कोलम्बिया विजयी भएको छ ।
  • कोलम्बियाले पानामालाई ३–० गोल अन्तरले पराजित गर्‍यो ।

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा कोलम्बिया विजयी भएको छ । कोलम्बियाले पानामालाई ३–० गोल अन्तरले पराजित गर्‍यो । कोलम्बियाको बोगटास्थित रंगशालामा भएको खेलमा घरेलु टिमको जितमा विलियन टेसिल्लो, लुइस मुरेल र रामाडेल फाल्काओले एक–एक गोल गरे ।

छैटौं मिनेटमा इड्विन कार्डोनाको फ्रिकिकलाई टेसिल्लोले हेड मार्फत गोल गरेका थिए । ३८औं मिनेटमा मुरियलले गोल गर्दै कोलम्बियाको अग्रता २–० दिलाए । ४५औं मिनेटमा फाल्काओमाथि फल भएपछि कोलम्बियाले पेनाल्टीको अवसर पायो ।

पेनाल्टीलाई फाल्काओले गोलमा परिणत गर्दै पहिलो हाफअघि नै कोलम्बियालाई ३–० को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसक्दा कोलम्बियाले सहज जित निकाल्यो ।

(www.sweet-factory.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?