‘कम्युनिष्टलाई देश बनाउने अन्तिम मौका’
सारांश
- भरतपुर ।
- अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले अब पनि देश बनाउन नसके नेपालबाट कम्युनिष्टहरु सदाका लागि समाप्त हुने ठोकुवा गरेका छन् ।
- बस्नेतले नेपालका कम्युनिष्ट पार्टीलाई जनताले अन्तिम मौका दिएको पनि बताएका छन् ।
भरतपुर । अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले अब पनि देश बनाउन नसके नेपालबाट कम्युनिष्टहरु सदाका लागि समाप्त हुने ठोकुवा गरेका छन् । बस्नेतले नेपालका कम्युनिष्ट पार्टीलाई जनताले अन्तिम मौका दिएको पनि बताएका छन् ।
‘अब पनि देश नबनाउने हो भने नेपालका कम्युनिष्ट पार्टीलाई जनताले फेरि अर्को मौका दिने छैनन्’, बस्नेतले भने, ‘दुई तिहाइको हाराहारीमा मत पाएका कम्युनिष्ट पार्टीलाई अब अरुले काम गर्न दिएनन् भन्ने सुविधा हुने छैन ।’
अखिल क्रान्तिकारीको चितवन जिल्लाको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले वाम एकताले मुलुकको समृद्धिको ढोका खोलेको दावी गरे । उनले भने, ‘अब राजनीतिक क्रान्तिको युग सकियो, आर्थिक क्रान्तिमा सबै जुट्नुपर्छ ।’
कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य इश्वरी भट्टराई, जिल्ला नेता ईश्वर सापकोटा, क्रान्तिकारी जिल्ला अध्यक्ष बसन्त आचार्यलगायतले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया