कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कँडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
३० पटक हेरिएको
Shares
कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कँडेल

सारांश

  • काठमाडौं, २८ भदौ ।
  • राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसँग नीति संवाद गरेको छ ।
  • आयोगका उपाध्यक्ष प्रा.

काठमाडौं, २८ भदौ । राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसँग नीति संवाद गरेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा बिहीबार राष्ट्रिय योजना आयोगको सभाकक्षामा आयोजित कार्यक्रममा १७ जना सांसदले कर्णालीको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री जनार्दन शर्माले सबै भन्दा पछि परेको क्षेत्र भएकाले कर्णालीको विकासमा ध्यान दिन आवश्यक रहेको बताए । उनले खासगरी कर्णालीमा सडक र विद्युत प्रसारण लाइन र कृषिमा सरकारले ध्यान दिनुपर्ने बताए । पूर्वमन्त्री शर्माले कर्णालीको समस्या मात्र उजागर गर्नुभन्दा पनि समाधानको उपाय दिन राष्ट्रिय योजना आयोगलाई अनुरोध गरे ।

कार्यक्रममा पूर्वमन्त्रीसहित सांसदहरुले उठाएको सवाललाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले कर्णालीलाई उच्च प्राथमिकतामा राखिएको बताए । उपाध्यक्ष कँडेलले कर्णालीको विकासका लागि सडक, विद्युतलाइन, अप्टिकल फाइवर, वित्तीय संस्था, विद्यालय तथा विश्वविद्यालयमा लगानी गर्न आवश्यक रहेको बताए । उनले यहाँ उठेको सवाललाई आगामी १५ औं योजनामा समेट्ने र आवश्यक परे राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पनि पेश गर्ने बताए ।

उपाध्यक्ष कँडेलले आयोगले नीति संवादको थालनी गरेको यो चौंथो पटक भए पनि तहगत रुपमा कर्णाली पहिलो भएको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका कर्णाली प्रदेश समन्वय गर्ने सदस्य मीनबहादुर शाहीले कर्णालीको आर्थिक सामाजिक अवस्थाको तथ्यांक प्रस्तुत गर्दै विषय प्रवेश गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?