निजी विद्यालयको भोलीबाट अनलाइन कक्षा बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३१, २०७७
|
|
३२ पटक हेरिएको
Shares
निजी विद्यालयको भोलीबाट अनलाइन कक्षा बन्द

सारांश

  • काठमाडौ, ३१ असार ।
  • निजी विद्यालयहरुले भोली देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।
  • निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त रुपमा बसेको बैठकले भोली देखि लागु हुने गरी शिक्षकहरुलाई बेतलबी बिदा दिने र भइरहेको अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौ, ३१ असार । निजी विद्यालयहरुले भोली देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त रुपमा बसेको बैठकले भोली देखि लागु हुने गरी शिक्षकहरुलाई बेतलबी बिदा दिने र भइरहेको अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको हो ।

आफुहरुले उठाएको माग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बोधन नगरेको भन्दै निजी विद्यालयले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेका पठनपाठन बन्द गर्न बाध्य भएका हुन् ।
एनप्याब्सन र प्याब्सनले साउन १ देखि खोल्न र विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, लकडाउनको कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने र अनलाइनबाट भइरहेको पढाईलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्ने मागसमेत राखेका थिए ।

प्याब्सन र एनप्याब्सनले असार १४ गते शिक्षामन्त्री गिरीराज मणी पोखरेललाई माग पत्र बुझाएका थिए । सरकारले मागको कुनै सम्बोधन नगरेपछि उनीहरुले विद्यालय बन्द गर्ने निर्णयमा पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?