बेलायती स्वास्थमन्त्रीलाई कोरोनाको सक्रमण

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
३९ पटक हेरिएको
Shares
बेलायती स्वास्थमन्त्रीलाई कोरोनाको सक्रमण

सारांश

  • लण्डन, फागुन २८ ।
  • बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको पृष्टि भएको छ ।
  • आफूलाई कोरोनाको सक्रमण भएको थाहा पाएपछि घरमै सेल्फ आइसोलेशनमा बस्दै आएको स्वयम् उनले पुष्टि गरेकी छन् ।

लण्डन, फागुन २८ । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको पृष्टि भएको छ । आफूलाई कोरोनाको सक्रमण भएको थाहा पाएपछि घरमै सेल्फ आइसोलेशनमा बस्दै आएको स्वयम् उनले पुष्टि गरेकी छन् ।

कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी ६२ वर्षीया डोरिस बेलायतमा कोरोना भेटिने पहिलो सांसद हुन् । डोरिसले एक वक्तव्य जारी गर्दै पछिल्लो समय उनले भेटेका व्यक्तिहरुको खोजी गरिरहेको र आफूलाई कोरोना लागेको थाहा पाएपछि सबै सावधानी अपनाउदै घरभित्रै सेल्फ आइसोलेशनमा बस्दै आएको बताएकी छन् । उनी आइसोलेशनमा बस्नु एक दिन अधि मात्रै प्रधानमन्त्री सम्मेलित एक कार्यक्रममा सहभागी भएकी थिइन् ।

बीबीसीका अनुसार बेलायतमा हालसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको भने तीन सयय ८२ जनामा सक्रमण देखिएको छ ।केहि दिन अधिमात्रै एकजना ८० बर्षिय बृद्वाको कोरोनाको सक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?