सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण !

सारांश

  • लमजुङ, २३ साउन ।
  • युवा क्लबको सक्रियतामा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण भएको छ ।
  • बेँसीशहर नगरपालिका–१० खासुगाउँका बासिन्दाले नाचगान र चन्दाबाट खेलमैदान निर्माण गरेका हुन् ।

लमजुङ, २३ साउन । युवा क्लबको सक्रियतामा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेर खेलमैदान निर्माण भएको छ । बेँसीशहर नगरपालिका–१० खासुगाउँका बासिन्दाले नाचगान र चन्दाबाट खेलमैदान निर्माण गरेका हुन् । खसुरोधीं युवा क्लबको अगुवाइमा गाउँकै कोडहर डाँडामा खेलमैदान निर्माण गरिएको हो । २०६५ देखि तीन वर्ष क्लबले नाचगान गरी रु सात लाख जम्मा गरेर खेलमैदान निर्माण थालेको थियो । गाउँका युवाको खेलप्रति आकर्षण र आवश्यकतालाई महसुस गरी चन्दा तथा सहयोग सङ्कलन गरी खेलमैदान निर्माण शुरु गरिएको क्लबका अध्यक्ष नन्द घलेले बताए ।

गाउँका युवा विदेशिएपछि मैदान निर्माण कार्य रोकिएकामा अहिले विदेशिएका युवाले सहयोग जुटाएपछि पुनःनिर्माण थालिएको हो । गाउँबाट बेलायत, अमेरिका, हङकङ, यूएई, कतार र मलेसियालगायतका देशमा पुगेका युवाले खेलमैदान निर्माणका लागि करीब रु १३ लाख सहयोग गरेका थिए । “रकम अभावका कारण खेल मैदानले पूर्णता पाउन सकेको थिएन” अध्यक्ष घलेले भने, “विदेशिएका युवाले खेलमैदान निर्माणका लागि सहयोग पठाउन थालेपछि खेलमैदान पुनःनिर्माण शुरु भएको हो ।” खेलमैदान निर्माण गर्न बेँसीशहर नगरपालिकाले रु तीन लाख, वडाले रु दुई लाख, प्रवासमा रहेका गाउँकै पाँच युवाले रु एक÷एक लाख, नौ युवाले रु ५०÷५० हजार, प्रगति नारी समाजले रु ५० हजार सहयोग गरेको क्लबले जनाएको छ । गाउँका बुढापाका, आमा समूह, युवा सबैले खेलमैदान निर्माणमा श्रमदान गरेका छन् । खेल मैदानका लागि गाउँका आठ जनाले झण्डै ४० रोपनी जग्गा दान गरेका छन् ।

(https://hippainhelp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना
अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना
बालश्रम र बालविवाहमुक्त बनाउन माग
बालश्रम र बालविवाहमुक्त बनाउन माग
आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क
निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क
निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी
निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी
११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
सवारी दुर्घटनाबाट मृत्यु
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो, राजस्वमा उल्लेख्य वृद्धि
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो, राजस्वमा उल्लेख्य वृद्धि