कर्मचारीको अभाव कायमै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २०, २०७६
|
|
२१ पटक हेरिएको
Shares
कर्मचारीको अभाव कायमै

सारांश

  • बैतडीका विभिन्न स्थानीय निकायका वडामा कर्मचारीको अभाव हुँदा जनप्रतिनिधिले नै काम गर्नु परिरहेको छ ।
  • वडामा सचिव नहुँदा सचिवले गर्ने काम पनि आफैँले गर्नु परिरहेको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरतसिंह नेगीले बताउनुभयो ।
  • नगरपालिकाभरि दुई जना सचिव रहेको उहाँले बताउनुभयो ।

बैतडीका विभिन्न स्थानीय निकायका वडामा कर्मचारीको अभाव हुँदा जनप्रतिनिधिले नै काम गर्नु परिरहेको छ । वडामा सचिव नहुँदा सचिवले गर्ने काम पनि आफैँले गर्नु परिरहेको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरतसिंह नेगीले बताउनुभयो ।नगरपालिकाभरि दुई जना सचिव रहेको उहाँले बताउनुभयो । यस्तै जिल्लाभरि ८४ वडामध्ये ४१ वडा सचिवविहीन रहेका स्थानीय तहले जनाएका छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई मर्का परेको छ । स्थानीय तहका वडाबाट साविकको गाविसभन्दा कम सेवा पाउने गरेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले गुनासो गर्नुभयो ।

वडामा कर्मचारी नहुँदा वडास्तरका सेवा पाउन सकिएको छैन भने स्थानीय तहमा पनि कर्मचारीकै अभाव रहेको छ । कर्मचारी नहुँदा वडाका काम प्रभावित हुने गरेको मेलौली नगरपालिका– ३ का वडाध्यक्ष रघुवीर भाटले जानकारी दिनुभयो । सिगास गाउँपालिकाका वडामा पनि सचिव नहुँदा सेवाग्राहीले सास्ती पाइरहेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?