अब हलो जोत्ने हिरो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १८, २०७६
|
|
५० पटक हेरिएको
Shares
अब हलो जोत्ने हिरो

सारांश

  • १८ असार ।
  • कुनैबेला उखान थियो, “पढ्नु गुन्नु कुले काम हलो जोती खायो माम ।
  • ” जसले पढ्दैन लेख्दैन उस्ले हलो जोत्छ भन्ने मानसिकता थियो ।

१८ असार । कुनैबेला उखान थियो, “पढ्नु गुन्नु कुले काम हलो जोती खायो माम ।” जसले पढ्दैन लेख्दैन उस्ले हलो जोत्छ भन्ने मानसिकता थियो । खेतबारीमा काम गर्नु दुःखी पेशा हो र हुनेखानेले यस्तो काम गर्नु हुन्न भन्ने सोच हावी थियो ।अहिले समय बदलिएको छ । खेतबारीमा हलो जोत्ने हिरो भएका छन् । राजनीतिक दलका प्रभावशाली नेता, कर्मचारी देखि सेलिब्रिटीसम्म खेतबारीमा पुगेर काम गरेको तस्वीर सामाजिक सञ्जालमा राख्न थालेका छन् । यो प्रतिष्ठाको विषय बनेको छ ।धान दिवसमा डा। बाबुराम भट्टराईले हिलाम्मे भएर हलो जोतेको तस्वीर पोष्ट गरे । पूख्र्यौली थलो गोरखा पुगेका समाजवादी पार्टी नेपालका अध्यक्ष भट्टराईले विगतमा बागमती सफाईका क्रममा फोहोर उठाएका थिए ।धान दिवसमा डा। बाबुराम भट्टराईले हिलाम्मे भएर हलो जोतेको तस्वीर पोष्ट गरे ।

पूख्र्यौली थलो गोरखा पुगेका समाजवादी पार्टी नेपालका अध्यक्ष भट्टराईले विगतमा बागमती सफाईका क्रममा फोहोर उठाएका थिए ।खेतमा पुगेको रोपाई गरेको तस्वीर सांसद नवराज सिलवालले पनि राखे । पूर्व डिआइजी समेत रहेका सेलिब्रिटी नेता सिलवालले पञ्जा लगाएर धान रोपेको तस्वीरलाई विवादमा ल्याइयो । उनले पुनः सामान्य अवस्थामा धान रोपेको तस्वीर पोष्ट गरे । उनका चुनावी प्रतिष्पर्धी उदय शमशेर राणाले पनि धान रोपेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरे । राणा परिवारमा हुर्किएका उदयले छपछप हिलोमा धान रोपेको देखिन्थ्यो ।धान दिवसमा मन्त्री चक्रपाणी खनाल बर्दिया पुगेर रोपाईमा सभागी भएका थिए । आजकल नेताहरु खेतमा काम गरेको क्यामरामा कैद गरेर लोकप्रीयता बटुल्न थालेका छन् ।

समय बदलिएको छ । खेतमा काम गर्नेलाई हेप्ने प्रवृत्ति हटेको छ । खेतमा काम गरेको देखाउने चाहना हुनेखानेहरुमा बढेको छ । भारतको लोकसभा चुनावमा हिमामालिनीले गहुँ काटिरहेको तस्वीर भाइरल भयो । किसानहरुको सम्मान हुनुपर्छ भन्ने मान्यता दक्षिण एशियामै बढेको छ ।नेता र सेलिब्रिटीले किसानको नक्कल गर्ने मात्र होइन तिनको पीडा बुझ्न जरुरी छ । खेतमा काम गर्नेलाई साँच्चै हिरो बनाउनुपर्छ । खेतमा काम गरेको देखाएर आफू हिरो बन्ने होइन ।किसानको समस्या अझै गम्भीर बनिरहेको छ । हलो जोत्ने हिरो हुँदैछन् । त्यसका लागि तिनको सम्मान र अधिकार रक्षा जरुरी छ । तस्वीरः सामाजिक सञ्जालहरु

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एकताको काम पूरा, सोमबार घोषणा हुने
नेकपा एकताको काम पूरा, सोमबार घोषणा हुने
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने  मन्त्री कार्की
सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने  मन्त्री कार्की
कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी, फागुनसम्म कर्जाको व्याजदर धेरै नघट्ने
कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी, फागुनसम्म कर्जाको व्याजदर धेरै नघट्ने
गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
सरकार–विप्लवको मिलेमतोको संकेत -ओली र दाहाल( भिडियो रिर्पोट सहित)
सरकार–विप्लवको मिलेमतोको संकेत -ओली र दाहाल( भिडियो रिर्पोट सहित)
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
९० मुलुकमा कोरोनाको सक्रमण
९० मुलुकमा कोरोनाको सक्रमण
आज कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक हुँदै
आज कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक हुँदै
कालीकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
कालीकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना