मतदाता परिचयपत्र वितरण सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मतदाता परिचयपत्र वितरण सुरु

सारांश

  • काठमाडौँ, ११ असार ।
  • यही असार १४ गते बुधबार दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा आज बिहानदेखि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण सुरु भएको छ ।
  • मतदाता परिचयपत्र असार ११, १२ र १३ गते तीन दिनसम्म सम्बन्धित मतदान केन्द्रबाट निर्वाचनमा सहभागी हुने ६४ लाख ३२ हजार ७६५ मतदातालाई प्रदान गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

काठमाडौँ, ११ असार । यही असार १४ गते बुधबार दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा आज बिहानदेखि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण सुरु भएको छ ।

मतदाता परिचयपत्र असार ११, १२ र १३ गते तीन दिनसम्म सम्बन्धित मतदान केन्द्रबाट निर्वाचनमा सहभागी हुने ६४ लाख ३२ हजार ७६५ मतदातालाई प्रदान गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

निर्वाचनमा खटिएका मतदान अधिकृतसहितको टोलीले चार हजार ५८१ मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरिरहनुभएकोे छ ।

प्रवक्ता शर्माका अनुसार मतदाता परिचयपत्रसँगै सही तरिकाले मतसङ्केत गर्न सिकाउन हरेक मतदान केन्द्रमा कम्तीमा एक मतदाता शिक्षा कार्यकर्तालाई खटाइएको छ ।

मतदाता शिक्षा कार्यकर्ताले नमुना मतपत्रमा मतसङ्केत गर्न सिकाउनेछन् । मतदातालाई मतसङ्केत गर्न सजिलो होस् भन्ने उद्देश्यले सक्कली मतपत्रसमेत मतदान केन्द्रमा अवलोकनका लागि राखिएको जनाइएको छ ।

मतदाता स्वयं मतदानस्थलमा गएर सही रुपमा कसरी मतसङ्केत गर्ने भन्नेबारेमा जानकारी लिएर मतदाता परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था आयोगले मिलाएको छ ।

कारणवश मतदाता जान नसक्ने अवस्थामा एकाघरको परिवारको सदस्य भएको यकिन गरी परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?