हामी मान्छे कतै हराएका छौ…
सारांश
- हामी फोटा देख्ने बित्तिकै लाइक ठोक्छौ सुन्दर कमेन्ट्सका राता कार्पेटहरु बिछ्याउछौ फेसबुक को पर्दा भरी खोजी खोजी शब्दहरु गुगल सर्च गर्दै सुन्दर स्टिकरहरुले प्रशन्सा गर्छौ तिनै नबोल्ने फोटाहरुको सुन्दर चेहरा हरुको हिडाइको लगाइको अनि अभिनयको लाग्छ हामी लाई साथ दिएको छ समयले तर हाम्रा नानिहरुको दोस्रो घर मा भुइचालो जादा हामी बेखबर छौ हाम्रा छोराछोरी हरुको आस्थाको केन्द्र बिन्दू जहाँ उनिहरुले जीवन को ‘ज’ लेख्न सिके जहाँ उनिहरुले सन्सार को ‘स’लेख्न सिके जहाँ उनिहरुले ग्यानी ‘ज्ञ’ लेख्न सिके जसलाई ज्ञानको मन्दिर भनी पूजा गर्छन माया गर्छन अनि गुटुमुटु बनाइ राख्छन मनभरी अनि मुटुभरि तर आज यीनको आस्था माथि ढुङ्गा बर्सिदैछन कोहि करौतिले सेरिरहेछन कोहि काडेतार बेरिरहेछन आस्थाको गेटमा कोहि उभिएका छन भोटे ताल्चा लिएर अहिले नानिहरुको आस्थाको धरोहर डग्मगाइ रहेको छ अहिले बाबुहरुको ज्ञानको मन्दिर अस्तित्वको खोजिमा छ एक्लो उभिएको छ ऊ बाबू नानी हरुको ईतिहास मेटिन लागेको बेलामा मीठो सपना चिटिक्क परेको झोलामा राखेर गुरुआमा को औला समातेर पहिलो पटक पाइला टेकेको त्यो मन्दिरका खम्बाहरु लर्खरीरहेको बेला तिनलाइ आड दिने भित्ताहरु चर्कीरहेका बेला तिनलाइ ओत दिने छाना चुहीरहेका बेला त्यसलाइ जोगाइ राख्न झिनो प्रयत्नहरुमा न कसैको दृष्टि पर्छ न कसैको लाइक हुन्छ न गुगल मा गएर खोजी गर्छ कसैले कमेन्ट्का लागि सुन्दर स्टिकर हरु न बिरोधका औलाहरु ठडिन्छन लाग्छ हामी मान्छे कतै हराएका छौ हामी मान्छे कतै बिलाएका छौ हामी मान्छे बिषय बस्तु छाडेर वस्तुमा रमाएका छौ केवल बस्तुमा रमाएका छौ।
हामी फोटा देख्ने बित्तिकै लाइक ठोक्छौ
सुन्दर कमेन्ट्सका राता कार्पेटहरु बिछ्याउछौ
फेसबुक को पर्दा भरी
खोजी खोजी शब्दहरु
गुगल सर्च गर्दै सुन्दर स्टिकरहरुले
प्रशन्सा गर्छौ तिनै नबोल्ने फोटाहरुको
सुन्दर चेहरा हरुको
हिडाइको लगाइको अनि अभिनयको
लाग्छ हामी लाई साथ दिएको छ समयले
तर
हाम्रा नानिहरुको दोस्रो घर मा भुइचालो जादा
हामी बेखबर छौ
हाम्रा छोराछोरी हरुको आस्थाको केन्द्र बिन्दू
जहाँ उनिहरुले जीवन को ‘ज’ लेख्न सिके
जहाँ उनिहरुले सन्सार को ‘स’लेख्न सिके
जहाँ उनिहरुले ग्यानी ‘ज्ञ’ लेख्न सिके
जसलाई ज्ञानको मन्दिर भनी पूजा गर्छन
माया गर्छन अनि गुटुमुटु बनाइ राख्छन
मनभरी अनि मुटुभरि
तर आज यीनको आस्था माथि
ढुङ्गा बर्सिदैछन
कोहि करौतिले सेरिरहेछन
कोहि काडेतार बेरिरहेछन आस्थाको गेटमा
कोहि उभिएका छन भोटे ताल्चा लिएर
अहिले नानिहरुको आस्थाको धरोहर डग्मगाइ रहेको छ
अहिले बाबुहरुको ज्ञानको मन्दिर अस्तित्वको खोजिमा छ
एक्लो उभिएको छ ऊ
बाबू नानी हरुको
ईतिहास मेटिन लागेको बेलामा
मीठो सपना चिटिक्क परेको झोलामा राखेर
गुरुआमा को औला समातेर पहिलो पटक
पाइला टेकेको त्यो मन्दिरका
खम्बाहरु लर्खरीरहेको बेला
तिनलाइ आड दिने भित्ताहरु चर्कीरहेका बेला तिनलाइ ओत दिने छाना चुहीरहेका बेला
त्यसलाइ जोगाइ राख्न
झिनो प्रयत्नहरुमा
न कसैको दृष्टि पर्छ
न कसैको लाइक हुन्छ
न गुगल मा गएर खोजी गर्छ कसैले
कमेन्ट्का लागि सुन्दर स्टिकर हरु
न बिरोधका औलाहरु ठडिन्छन
लाग्छ
हामी मान्छे कतै हराएका छौ
हामी मान्छे कतै बिलाएका छौ
हामी मान्छे बिषय बस्तु छाडेर
वस्तुमा रमाएका छौ
केवल बस्तुमा रमाएका छौ।
प्रेम राई ‘परीक्षित’
शिखरन्युज
प्रतिक्रिया