सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३१, २०८०
|
|
१७ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?

सारांश

  • काठमाडौं ।
  • सुन तस्करी प्रकरणमा आज पनि थप ४ जनालाई पक्राउ गरिएको छ ।
  • त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट साउन ३ गते ६० केजी ७१६ ग्राम सुन बरामद प्रकरणमा प्रहरीले आज थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

काठमाडौं । सुन तस्करी प्रकरणमा आज पनि थप ४ जनालाई पक्राउ गरिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट साउन ३ गते ६० केजी ७१६ ग्राम सुन बरामद प्रकरणमा प्रहरीले आज थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका ती चारैजना चिनियाँ नागरिकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ । हिजो पनि ६ जनालाई पक्राउ गरिएको थियो । योसँगै पक्राउ पर्नेको संख्या २७ जना पुगेको छ ।

अदालतमा उनीहरुलाई ५ दिन हिरासतमा राख्न अनुमति मागिएको छ । यसअघि पक्राउ गरेका १७ जनालाई पनि त्यति नै समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

उक्त सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?