धुर्मुस–सुन्तली किन परे आखिरमा अलमल ? यस्तो रहेछ कारण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
धुर्मुस–सुन्तली किन परे आखिरमा अलमल ? यस्तो रहेछ कारण

सारांश

  • काठमाडौं, १५ चैत ।
  • नेपाल र नेपालीका लागि उदाहरणीय र नमूनायोग्य काम गरेर चर्चा र प्रशंसा कमाएको जोडी धुर्मुस–सुन्तली यतिबेला अलमलमा परेका छन् ।
  • मुसहर बस्ती, गिरानचौर एकीकृत वस्ती, सन्तपुर एकीकृत वस्ती बसाएर टेलिभिजन स्क्रिनमा मात्र होइन वास्तविक जीवनमै दुःखी पीडित जनताको मुहारमा हाँसो र खुशी ल्याउने यो जोडी किन र के कुरामा अलमल परेको होला ?

काठमाडौं, १५ चैत । नेपाल र नेपालीका लागि उदाहरणीय र नमूनायोग्य काम गरेर चर्चा र प्रशंसा कमाएको जोडी धुर्मुस–सुन्तली यतिबेला अलमलमा परेका छन् । मुसहर बस्ती, गिरानचौर एकीकृत वस्ती, सन्तपुर एकीकृत वस्ती बसाएर टेलिभिजन स्क्रिनमा मात्र होइन वास्तविक जीवनमै दुःखी पीडित जनताको मुहारमा हाँसो र खुशी ल्याउने यो जोडी किन र के कुरामा अलमल परेको होला ?

यो जोडी सानोतिनो कुराले अलमलमा परेको हैन । ठूलो र गौरवको विषयमा अलमलमा परेको छ । वास्तवमा यो जोडीको अगाडि दुईवटा महत्वाकाङ्क्षी योजनामध्ये कुनलाई पहिले गर्ने भन्ने विषयमा अलमल आएको हो । चर्चित हाँस्यकलाकार सीताराम कट्टेल “धुर्मुस”ले आफ्नो अलमलपनलाई फेसबुक स्टाटसमै राखेर सुझाव मागेका छन् । उनले यसअघि नै घोषणा गरेको “नमूना नेपाल” र “अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम”मध्ये कुन काम पहिले गर्दा उपयुक्त होला भनी आम जनतामा सुझाव मागेका हुन् ।

“अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल” निर्माण परियोजनाको सर्भेको काम सकेर मास्टर प्लान, डीपीआर र ईआईएको प्रक्रियामा अघि बढिरहेको बेला चौतर्फी रुपमा विभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आइरहेकै थियो । हामीलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठूलो चिन्ता थियो । सबैको इच्छा, चाहना मात्र नभई क्रिकेटको स्तरोन्नति अनि खेलाडीहरुको मनोबल बढाउन पनि हामी दुबै चीजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं”, सीताराम कट्टेल “धुर्मुस”ले भनेका छन् । नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुशी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ भन्दै यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान भएको उनले बताएका छन् ।

फाउण्डेशनले निर्माण संयोजन मात्र गर्ने र यसका लागि छुट्टै इन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्ने उनले बताएका छन् । “त्यही समितिको रोहबरमा इन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ । हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उद्देश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भीरतापूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं”, धुर्मुसले भनेका छन् । सबै मिलेर निर्धारित समयभित्रै अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउन सकिने र विश्वमा नेपाल चिनाउने अझै धेरै खेलाडीहरु उत्पादन गर्न सकिने दृढता पनि व्यक्त गरेका छन् ।

“यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होइन कि नेपाललाई नै आर्थिक समृद्धितर्फ अघि बढाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ । किनकि यो एउटा सुन्दर पर्यटकीय गन्तव्य पनि हुनेछ”, धुर्मुसको आशा छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहँदा विश्वभरिबाट खेलका पारखीहरु अनि खेलाडीहरु नेपाल भित्रिँदा देशलाई महत्वपूर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपूर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुने धुर्मुसको विश्वास छ । देशका हरेक क्षेत्र फष्टाउनमा यसले अहम् भूमिका खेल्ने बताउँदै धुर्मुसले यस्तो प्रश्न गरेका छन्, “हामी नेपालीका लागि दुबै परियोजना महत्वपूर्ण छन्– नमूना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस कुन चाहिँ पहिला ?”

https://www.facebook.com/sitaramkattelofficial/posts/2058494730831982

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस
त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस
काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वर
काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वर
६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल
६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
उपप्रधानमन्त्री नै बसे निर्वाचन आयोगविरुद्ध धर्ना
उपप्रधानमन्त्री नै बसे निर्वाचन आयोगविरुद्ध धर्ना
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने
मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने
राष्ट्रियसभा गठन र निर्वाचनबारे वाम गठबन्धनका शीर्ष नेताबीच छलफल
राष्ट्रियसभा गठन र निर्वाचनबारे वाम गठबन्धनका शीर्ष नेताबीच छलफल
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा

तपाईंले छुटाउनुभयो कि?