कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै
सारांश
- निजामती कर्मचारीको उमेरहद ६० वर्षको हुने भएको छ।
- सरकारले निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पु-याउने अन्तिम तयारी गरेको छ।
- राजनीतिक पहुँच भएका थुप्रै सचिव एवं सहसचिवहरूले ५८ वर्षे उमेरहदका कारण छोटो समयमै अवकाश पाउन लागेपछि सरकारले फास्ट ट्र्याकबाट निजामती कर्मचारीको अवकाशको उमेर ६० वर्ष पु-याउन लागेको हो।
निजामती कर्मचारीको उमेरहद ६० वर्षको हुने भएको छ। सरकारले निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पु-याउने अन्तिम तयारी गरेको छ।
राजनीतिक पहुँच भएका थुप्रै सचिव एवं सहसचिवहरूले ५८ वर्षे उमेरहदका कारण छोटो समयमै अवकाश पाउन लागेपछि सरकारले फास्ट ट्र्याकबाट निजामती कर्मचारीको अवकाशको उमेर ६० वर्ष पु-याउन लागेको हो।
विभिन्न मन्त्रालयका सचिवहरू पाँचवर्षे कार्यकाल पूरा नहुँदै उमेरहदका कारण अवकाश पाउने क्रममा रहेका कारण सरकारले उमेरहद बढाएर ६० पु-याउन ऐन संशोधनको प्रस्ताव अघि बढाएको छ। हाल कानुन मन्त्रालयमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदा छलफल टुंगिएर मन्त्रिपरिषद्बाट स्वीकृत भएर संसद्मा पेस हुन समय लाग्ने र बृहत् छलफल आवश्यक भएपछि सरकारले केही नेपाल ऐन संशोधनमार्फत कर्मचारीको उमेरहद बढाउने प्रक्रिया अघि बढाएको हो।
उक्त मस्यौदामा पनि कर्मचारीको उमेरहद ५८ बाट बढाएर ६० पु-याइने प्रावधान राखिएको छ।
आजको नागरिक दैनिकमा खबर छापिएको छ ।
Saru Bhujel Magar
Budo gorule tau pgte jaste kin ogatnu tw arulae pani abwsar milos