एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
३४ पटक हेरिएको
Shares
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो

सारांश

  • काठमाडौं ।
  • एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो ।

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै दुई खेल खेलेको नेपालले चार अङ्क जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

खेलमा नेपालले जितको लागि दिएको तीन सय ११ रनको लक्ष्य पच्छ्याएको ओमान ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २६ रनमा समेटियो । ओमानका खेलाडी अकिब इलियास क्रिजमा व्याटिङ गर्न नआई घाइते भएपछि उनी रिटायर्ट आउट भए र नेपालको जित सुनिश्चित हुन पुग्यो ।

ओमानको लागि मोहम्मद नदिमले सर्वाधिक ६५ रनको योगदान दिए । ८४ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ६५ रन बनाएका हुन् । यसैगरी सन्दिप गौडले ४६ रनको योगदान दिए भने कस्यप प्रजापतिले २५ तथा फायज बुट्टले १९ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान तीन÷तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवशीले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय १० रनको योगफल बनाएको हो । यो नेपालले एक दिवसीय खेलमा हालसम्मकै उच्च योगफल बनाएको हो । यसअघि घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा दुई सय ९७ रन थियो ।

नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले । ६४ बल खेलेका उनले सर्वाधिक एक सय आठ रनको योगदान गरे । उनले १० छक्का र ९ चौकाको मद्दतमा एक सय आठ रनको योगदान गरेका हुन् । खेलको सुरुआती समयमा उत्कृष्ट हुन नसकेको खेलमा नेपालका मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुुगेको थियो ।

नेपाली टोलीको स्कोर शून्य रनमा रहँदा दुवै ओपनरलाई गुमाएको नेपालले २८औँ बलमा रनको खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए ।

पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए । यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका हुन । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।

बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक÷एक विकेट झारे ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ ।

त्यस्तै समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाली स्पीनर सन्दीप लामिछानेले नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । उनले कम खेलमा एक सय विकेट लिने विश्वका पहिलो बलर बने । उनले ओमानका खेलाडी अदिल शफिकको विकेट लिएसँगै कम खेलमा एक सय विकेट लिने विश्वको पहिलो बलर बन्न सफल भएका हुन् ।

उनले ४२ खेल खेलेर एक सय विकेट पूरा गरेका हुन् । त्यस्तै लामिछाने एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट खेलमा एक सय विकेट लिने नेपालको पहिलो बलरसमेत बने । अघिल्लो महिना घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा लामिछानेले मोहम्मद वासिमलाई आउट गराएपछि उनको विकेटको संख्या ९९ पुगेको थियो । लामिछानेले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्धको एक दिवसीय खेलबाट डेब्यु गरेका थिए ।

यसअघि उक्त कीर्तिमान अफगानिस्तानको खेलाडी राशिद खानले बनाएका थिए । खानले सन् २०१५ मा ४४ खेल खेलेर उक्त कीर्तिमान बनाएका थिए ।

कुशलको एकदिवसीय खेलमा पहिलो शतक÷एकै खेलमा धेरै छक्का प्रहार गर्ने नेपालका पहिलो खेलाडी बने । बायाँ हाते नेपाली युवा ब्याटर कुशल मल्लले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन् । आजको खेलमा छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका मल्लले ५९ बलमा शतक पूरा गरेका हुन् ।

यसअघि नेपालका लागि पूर्वकप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । मल्लले सन् २०२० मा घरेलु मैदानमा आयोजना भएको विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका विरुद्धको खेलबाट डेब्यु गरेका थिए ।

त्यस्तै उनले नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितको एकै खेलमा सर्वाधिक छक्का हान्ने पहिलो खेलाडीसमेत बनेका छन् । उनले ओमानविरुद्धको खेलमा ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे । उनले एक सय आठ रनको शतकीय पारी खेलेका थिए ।

अन्तर्राष्ट्रिय खेलमा नेपालका अन्य कुनै ब्याटरले १० छक्का प्रहार गर्ने सकेका छैनन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले एकै खेलमा समान ९ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्
एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्
मोरङ क्षेत्र नं ४ को चुनावी रौनक
मोरङ क्षेत्र नं ४ को चुनावी रौनक
राष्ट्रहितका प्रस्ताव आए एमालेले संसद् चल्न दिने
राष्ट्रहितका प्रस्ताव आए एमालेले संसद् चल्न दिने
चोरी गर्ने पक्राउ
चोरी गर्ने पक्राउ
१८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता
१८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
पार्टी नै नरहने अवस्था बनेपछि संसद विघटन गर्नु पर्‍यो: ओली
पार्टी नै नरहने अवस्था बनेपछि संसद विघटन गर्नु पर्‍यो: ओली
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा  अनुसन्धानको निर्देशन
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा अनुसन्धानको निर्देशन
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने