अबको बाटो अार्थिक बिकाश र समृद्दि : अमित लामा,कोषाध्यक्ष युवासंघ नेपाल ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
अबको बाटो अार्थिक बिकाश र समृद्दि : अमित लामा,कोषाध्यक्ष  युवासंघ नेपाल ।

सारांश

  • हालैमात्रै युवासंघ नेपालको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित हुनुभएका चर्चित युवानेता अमित लामा २०४१ सालमा काभ्रेको रोसि गाँउपालिकामा जन्मेका हुन् ।
  • उनी निकै लामो समयदेखि नेकपा एमालेको राजनितिमा सक्रिय छन् ।
  • पछिल्लो समय उनको चर्चा परिचर्चा बढ्दै अाईरहेको छ ।
हालैमात्रै युवासंघ नेपालको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित हुनुभएका चर्चित युवानेता अमित लामा २०४१ सालमा काभ्रेको रोसि गाँउपालिकामा जन्मेका हुन् ।उनी निकै लामो समयदेखि नेकपा एमालेको राजनितिमा सक्रिय छन् ।पछिल्लो समय उनको चर्चा परिचर्चा बढ्दै अाईरहेको छ ।उनी नेकपा एमाले भित्रको केपि अोलि बिचार समुहका बिश्वसनिय पात्र मानिन्छन्
अाउनुहोस् उहाँसंगको कुराकानि;
अमित जि शिखरन्युज अनलाईनमा स्वागत छ ।
धन्यवाद,
निकै ब्यस्त हुनुहन्छ ??
लगभग २।३ हप्ता युवासंघ नेपालको पुनर्गठन लगायतका बिषयमा बित्यो , अब चाहिँ युवासंघ नेपालका विभिन्न कार्यक्रम , गतिविधि साथै अाफ्नै ब्यवसायिक ,र पारिवारिक काममै छु ।
युवासंघ नेपालको कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।  कत्तिको खुसि र उत्साहित हुनुहुन्छ ?
हैन् खुसिभन्दापनि थप जिम्मेवारीबोध भएको छ ।अबको युवाअान्दोलन ,मुलुकको बिकाश र समृद्दिमा युवासंघ नेपालले प्रत्यक्षरुपमा सकारात्मक भुमिका खेल्ने ,अहिलेको स्थिर र बलियो बामगठबन्धनको सरकारलाई सहि मार्गनिर्देश गर्दै गतिशिलरुपमा बिकाशतिर लग्नका लागि हामी युवाहरुको भुमिका अपरिहार्य हुने हुनाले उत्साहित छु ।
गुट र उपगुटको चर्चा निकै छ । यो अवस्थामा युवाहरु कसरी अगाडि बढछन् ?
सामान्यतया राजनीतिमा यस्तो आरोह र अवरोह भईनै रहन्छ । तथापी यो एमालेका लागी दुभाग्य हो । अब सिङ्गो पार्टीपंत्तिदेखि युवासम्म यो कुरा आयो अब बिस्तारै मिल्दै जान्छ । युवालाई हामी शसक्त बनाउने तयारीमा छौं ।
स्वदेशमा रोजगारीका लागि युवासंघले कुनै योजनाहरु नल्याएको आरोप लाग्ने गरेको छ, वास्तविकता के हो ?
बजेट पनि युवा मैत्री छ । जसले त्यो कुरा गरे, नेपाली जनता र नेपाली युवालाई विदेशीको चलखेलमा आफ्ना बिचारहरु व्यक्त गरे । उनीहरु नेपाली जनताप्रति उतरदायी छैनन् । कांग्रेसले युवालाई के दिएको थियो । अहिलेको सरकारले कर्मचारीको तलब बृद्धि देखि शैक्षिक प्रमाणपत्र राखेर क्रृण पाउँदै छ । कृषिमा लगानी सम्भावना बढाएको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गरेको छ । त्यसकारण जसले जे आलोचना गरे, त्यो आलोचनाका लागी आलोचना मात्र हो त्यसमा कुनै दम छैन् । त्यस्ता कुराको पछि नलाग्न म अपिल गर्दछु ।
गठबन्धनकाे सरकारबाट नेपाली जनताले पाएको उपलब्धी के हो ?

पहिले कुरा त जलविद्युतको कुरा हो यसलाई पहिले प्रथमिकता दिएको छ । सडक राजमार्गलाई दु्रत गतिमा अगाडि बढाइएको छ । पारवाहन सन्धिको कुरा अगाडि बढाइएको छ । यसले अब नेपालले सबै भन्दा ठुलो फडको मारेको छ पर्यटनका लागि सम्भावनाका धेरै बाटोहरु खुलेका छन् ।

एमालेको सरकारले ६० बर्ष पुगेकालाई गोली हान्छ भन्ने अफावाह कांग्रेसले फैलाएको थियो । अहिले बृद्धहरुलाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नु पर्दछ भने दोब्वर भता बढाएको छ । किसानहरुलाई कृषिमा सम्भवना खोलिदिएको छ । शैक्षिक बेरोजगारी कुरा निरुत्साहित गर्नका लागी आफ्नो शैक्षिक प्रमाण पत्र राखेर निव्याजी रुपमा क्रृण उपलब्ध गराउने निती ल्याएको छ ।

यी महत्वपूर्ण र लोकप्रिय कुराहरु हुन् । त्यतिमात्र होइन सुगौलि सन्धिको कुरा पनि अगाडि सारेको छ । जसले गर्दा बजेटमा नयाँ कुराहरु रहेका छन् । आसाको केन्द्र बिन्दु रहेको छ । गरिखाने जो कोहीलाई पनि गर्व गर्ने ठाँउ रहेको छ । यी नै उपलब्धीहरु हुन ।अबको वाटो अार्थिक बिकाश र समृद्दिको  हो।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?