कर्मचारीको तलब बढ्छ: रिमाल
सारांश
- काठमाण्डौ, १४ जेठ ।
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले कर्मचारीको तलब सापेक्षिक कुरा भएकाले बढ्दै बढ्दैन भन्न नमिल्ने बताएका छन् ।
- नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै रिमालले आर्थिक वर्ष २०७५–७६ को बजेटले कर्मचारीका लागि केही न केही व्यवस्था गर्ने बताए ।
काठमाण्डौ, १४ जेठ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले कर्मचारीको तलब सापेक्षिक कुरा भएकाले बढ्दै बढ्दैन भन्न नमिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै रिमालले आर्थिक वर्ष २०७५–७६ को बजेटले कर्मचारीका लागि केही न केही व्यवस्था गर्ने बताए ।
जनताको कष्ट हटाउने गरी काम गर्ने कर्मचारीलाई केही न केही सुविधा थपिने उनको भनाई छ ।
“उहाँहरुको खल्तिमा केही न केही अंक बढ्छ । सरकारले आम नागरिकदेखि कर्मचारीसम्मलाई खुशी पार्छ ।”
क्षमता र सम्भवनाका आधारमा बजेटको आकार बढाइने रिमालले बताए ।
आर्थिक वर्ष २०७५–७६ को बजेट नीति र कार्यक्रममा आधारित रहेर प्रस्तुत हुने बताए ।
“सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रमलाई खर्च हाल्ने काम हुन्छ । खर्चको स्रोत जुटाउने हो ।” उनले भने ।
सासदंदलाई पैसा नदिइने तर विकासमा संलग्न गराउने रिमालको भनाई छ । “व्यक्तिगत रुपमा कसैले पनि पैसा पाउँदैनन् । विकासका काममा जनप्रतिनिधीलाई कसरी सहभागि गराउने भन्ने विषयमा अर्थमन्त्रीले गम्भीर रुपमा सोचिरहनुभएको छ ।” रिमालले भने ।
बजेट र कार्यक्रममा विपन्न, अपाङ्ग, अशक्त र गर्भवती महिलालाई विशेष प्राथमिकता दिइने उनको भनाई छ । विकास निर्माणका आयोजना बनाउँदा जनताको कष्ट र समस्या हटाउनुपर्ने क्षेत्रलाई प्राथमिकतामा राखिने उनले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई नीति तथा कार्यक्रमलाई समर्थन गर्न आग्रह गरिएकाले मौन समर्थन प्राप्त भएको रिमालले बताएका छन् ।
रिमालले ऐतिहासकि रुपमा प्रमुख प्रतिपक्षी दलले पनि सरकारको नीति र कार्यक्रमलाई समर्थन गरेकाले फरक परिघटनाको रुपमा लिनुपर्ने बताए । समृद्धिको कार्यक्रममा सहयोग गर्नुपर्छ भन्ने प्रतिपक्षको सद्भाव रहेको उनले बताए ।
रिमालले भने“संसदीय मान्यतामा विपक्षीमा रहनेले राम्रो कुराको पनि विरोध गर्नुपर्छ भन्ने मान्यता रहेको थियो । यसपटक पुरानो मान्यता फेरिएको छ । सही कुरा जसले जसको समर्थन गरे पनि हुन्छ भन्ने मान्यता रह्यो ।”
Ratna Ghising
Karmachariko matra badnebhayo berojgariko kam xaina yo desma badne paisale rojgar sirjana garnu paryo ni ani po sabai khusi rojgarita tesai bacxan berojgari marne bhaye yo chai ramro bhayena sarkar ???
Bku War
Paila tax gatha na
Bidur Tiwari
महङ्गी हटाउनु पर्छ कर्मचारीको तलब मात्र बढाएर गरिब जनताले के गर्ने आखिर जनताको सरकार भनिन्छ खोइ गरिब जनताले के पाय जुन सरकार आए पनि चोर नै निस्कने भय