मधेस प्रदेशसभा : ‘मुख्यमन्त्रीले संसद्को विश्वासमा काम गर्नुपर्छ’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
२६ पटक हेरिएको
Shares
मधेस प्रदेशसभा : ‘मुख्यमन्त्रीले संसद्को विश्वासमा काम गर्नुपर्छ’

सारांश

  • जनकपुरधाम ।
  • मधेस प्रदेशसभा सदस्यले मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाको अभूतपूर्व विश्वासलाई कायम राख्ने गरी काम गर्नसक्नुपर्नेमा जोड दिएका छन् ।
  • सोमबार मधेस प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा मुख्यमन्त्री यादवलाई बधाई ज्ञापन गर्ने कार्यसूचीमा आ–आफ्ना धारणा राख्दै प्रदेशसभा सदस्यले शत्प्रतिशत विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री यादवले त्यसको भावनाअनुसार उदाहरणीय काम गर्नसक्नुपर्ने बताएका हुन् ।

जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यले मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाको अभूतपूर्व विश्वासलाई कायम राख्ने गरी काम गर्नसक्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार मधेस प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा मुख्यमन्त्री यादवलाई बधाई ज्ञापन गर्ने कार्यसूचीमा आ–आफ्ना धारणा राख्दै प्रदेशसभा सदस्यले शत्प्रतिशत विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री यादवले त्यसको भावनाअनुसार उदाहरणीय काम गर्नसक्नुपर्ने बताएका हुन् ।

“मुख्यमन्त्रीले उपस्थित एकसय दुई जनामध्ये शत्प्रतिशत मत पाउनुभयो, त्यो तपाईँको सौभाग्य हो”, सभामा बोल्ने अधिकांश सदस्यले भने, “त्यो मत मधेसको हितका पक्षमा काम गर्नका लागि हो, त्यसैले अघिल्लो सरकारका कामबाट पाठ सिक्दै सिङ्गो मधेस प्रदेश र यहाँका जनताको पक्षमा काम गर्नुहोस् ।”

सम्बोधनका क्रममा प्रदेशसभा सदस्य जङ्गीलाल रायले मुख्यमन्त्री यादवले सडक र सदनमा उठेका कुरालाई सम्बोधन गर्ने अपेक्षासहित कांग्रेसले विश्वासको मत दिएकाले त्यसलाई मधेसको हितमा प्रयोग गर्न आग्रह गरे । “हामीले मधेस प्रदेशको हितका पक्षमा काम गर्ने अपेक्षासहित मत दिएका हौँ”, रायले भने, “विश्वासको मत दिँदैमा सबै सत्तापक्ष हुन् र संसद्मा प्रतिपक्ष छैन भन्ने नरहोस्, आउने दिनमा मुख्यमन्त्रीले गर्ने काम र खेल्ने भूमिकाले नै थप मूल्याङ्कन हुनेछ, त्यहीअनुसार हामी प्रस्तुत हुनेछौँ ।”

त्यसैगरी प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेले आफूहरूले मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेको सरकारले सामन्तवादका अवशेषलाई हटाउने गरी समाजवाद उन्मुख नीति, बजेट तथा कार्यक्रम ल्याउने शर्तमा आफूहरूले शुभकामना मात्रै दिने बताए । “संसद्मा प्रतिपक्ष नभएको विषयमा कुरा उठेको छ, पछिल्लो राजनीतिक अवस्थाका कारण हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छौँ”, न्यौपानेले भने, “जनअपेक्षाअनुसार काम नभएमा प्रतिपक्ष कति कडा हुन्छ भनेर देखाउने छौँ, त्यसैले जनअपेक्षाअनुसार काम हुनुपर्छ ।”

प्रदेशभा सदस्य रामअशिष यादवले लोकतन्त्रमा संसद् प्रतिपक्षको हुने भएकाले सरकारलाई नियमन र नियन्त्रण गर्न सबैले आवश्यकतानुसार प्रतिपक्षको भूमिका खेल्नुपर्ने बताए । “सङ्घीयता र गणतन्त्रको संस्थागत विकास र मधेसी जनताको हितलाई सर्वोपरि ठानेर मन्त्रिपरिषद्ले काम गर्न जरुरी छ”, यादवले भने, “पद सर्वकालीन हुँदैन तर पदमा भएको बेला गरेको काम सर्वकालीन हुने भएकाले लोकहितमा काम गरौँ ।”

मुख्यमन्त्रीलाई धन्यवाद दिनेक्रममा प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुर, चन्दनकुमार सिंह, अभिराम शर्मा, जवाहरलाल कुशवाह, कञ्चन विछा, विला अन्सारी र उर्मिलादेवी सिंहले सभालाई सम्बोधन गरेका थिए । उनीहरूले पनि मुख्यमन्त्री र उनी नेतृत्वको सरकारले जनजीवकासँग जोडिएका समस्या समाधान गर्दै सुशासन, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार काम गर्ने अपेक्षा व्यक्त गरे ।

यसअघि आजको बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रबाट मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धी प्राप्त पत्र सभासमक्ष प्रस्तुत गरिएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ बर्षे बालकको अपहरणपछि हत्या, ५ जना पक्राउ
१२ बर्षे बालकको अपहरणपछि हत्या, ५ जना पक्राउ
कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत
कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत
प्रधानमन्त्रीको तीन फिट नजिक जान मनाही
प्रधानमन्त्रीको तीन फिट नजिक जान मनाही
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
दुई तिहाईको नेकपाको सरकार माछो-माछो भ्यागुतो भयो : झलनाथ खनाल
दुई तिहाईको नेकपाको सरकार माछो-माछो भ्यागुतो भयो : झलनाथ खनाल
एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ
एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
गिरानचौरको एकीकृत वस्तीमा पुस्तकालय
गिरानचौरको एकीकृत वस्तीमा पुस्तकालय

तपाईंले छुटाउनुभयो कि?