विराटनगर किङ्ग्ससँग लुम्बिनी लायन्स दुई विकेटले पराजित
सारांश
- काठमाडौं।
- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई दुई विकेटले पराजित गरेको छ।
- जितका लागि एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १९.
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई दुई विकेटले पराजित गरेको छ।
जितका लागि एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा आठ विकेटको क्षतिमा एक सय ९३ रन जोड्दै लक्ष्य पूरा गरेको हो।
यसअघि तीन खेल खेलेको विराटनगरको यो पहिलो जित हो। लुम्बिनीले हारबाट खेलको सुरुवात गरेको छ। विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया