कहाँ कहाँबाट भिड्दैछन् पूर्व प्रधानमन्त्रीहरु ?
सारांश
- देश अहिले निर्वाचनमय बनेको छ ।
- चिया गफदेखि सरकारी, गैरसरकारी अफिसहरु सबैतिर अहिले निर्वाचनकै चर्चा परिचर्चा छ ।
- छिटपुट घटनाबाहेक सामान्य तरिकाले नै पहिलो चरणको निर्वाचन ३२ जिल्लामा सम्पन्न भइसकेको छ ।
देश अहिले निर्वाचनमय बनेको छ । चिया गफदेखि सरकारी, गैरसरकारी अफिसहरु सबैतिर अहिले निर्वाचनकै चर्चा परिचर्चा छ । छिटपुट घटनाबाहेक सामान्य तरिकाले नै पहिलो चरणको निर्वाचन ३२ जिल्लामा सम्पन्न भइसकेको छ । मंसीर २१ गते बाँकी ४५ जिल्लामा दोस्रो चरणको निर्वाचन हुने मिति समेत नजिकै आइसकेको छ । दोस्रो चरणको निर्वाचनको सरगर्मी पहिलो चरणभन्दा अवश्य बढि हुने छ, कारण दोस्रो चरणमा हरेक पार्टीका हेभिवेट नेताहरु भिड्दैछन । त्यस्तै राजधानी सहित पहाडी र तराईका क्षेत्रहरुमा पनि भएका कारण पनि दोस्रो चरणको निर्वाचन महत्व र चासो अलि बढि भएको हो ।
दोस्रो चरणको निर्वाचनमा पूर्व प्रधानमन्त्रीहरु पनि चुनावी प्रतिष्पर्धामा सहभागि हुँदैछन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिष्पर्धा गर्दैछन् । उनलाई कांग्रेगका खगेन्द्र भट्टराई र संघीय फोरमका विश्वदीप लिङ्देनले टक्कर दिदैछन् ।
अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट एमाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् । उनीसँग कांग्रेसका भुपेन्द्र कट्टेल र संघीय फोरमका राजकुमार राईले प्रतिष्पर्धा गर्दैछन् । काठमाडौँ क्षेत्र नं २ बाट पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमालेका तर्फबाट प्रतिष्पर्धा गर्दैछन् । कांग्रेसका तर्फबाट दीपक कुइकेल र विवेकशील साझाबाट सुर्यराज आचार्य नेपालका प्रतिष्पर्धी हुन् ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नं ३ बाट चुनावी प्रतिष्पर्धामा छन् । उनका निकतम प्रतिष्पर्धीका रुपमा राप्रपाका विक्रम पाण्डे रहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा डढेल्धुरा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् । प्रधानमन्त्री देउवाका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका खगराज भट्ट हुन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने पहिलो चरण अन्तर्गतको निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट प्रतिष्पर्धा गरिसकेका छन् । भट्टराईको प्रतिष्पर्धी बाम गठबन्धनका तर्फबाट नारायणकाजी श्रेष्ठ रहेका थिए ।
प्रतिक्रिया