काँग्रेस कार्यकर्तामाथि आक्रमण

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०७४
|
|
३७४ पटक हेरिएको
Shares
काँग्रेस कार्यकर्तामाथि आक्रमण

सारांश

  • दार्खा (धादिङ), ७ जेठ ।
  • धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आज जिल्ला बन्द गरेको छ ।
  • गाउँपालिकामा निर्वाचित भएपछि मैदीमा विजयोत्सव मनाएर हिजो साँझ खाना खाइरहेका बेला नेकपा (एमाले)का कार्यकर्ताले घेरा हालेर अन्धाधुन्ध आक्रमण गर्दा गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत स्थानीय दामोदर भट्ट, काँग्रेस जिल्ला सदस्य नरेन्द्र भट्ट, महासमिति सदस्य यमनाथ दनैलगायत काँग्रेसका एक दर्जनभन्दा कार्यकर्ता घाइते भएको विरोधमा नेविसङ्घ धादिङले अनिश्चितकालीन जिल्ला बन्द गरेको हो ।

दार्खा (धादिङ), ७ जेठ । धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आज जिल्ला बन्द गरेको छ ।

गाउँपालिकामा निर्वाचित भएपछि मैदीमा विजयोत्सव मनाएर हिजो साँझ खाना खाइरहेका बेला नेकपा (एमाले)का कार्यकर्ताले घेरा हालेर अन्धाधुन्ध आक्रमण गर्दा गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत स्थानीय दामोदर भट्ट, काँग्रेस जिल्ला सदस्य नरेन्द्र भट्ट, महासमिति सदस्य यमनाथ दनैलगायत काँग्रेसका एक दर्जनभन्दा कार्यकर्ता घाइते भएको विरोधमा नेविसङ्घ धादिङले अनिश्चितकालीन जिल्ला बन्द गरेको हो ।

बन्दका कारण जिल्लाभरका शैक्षिक संस्था बन्द छन् भने जिल्ला सदरमुकामका सबै उद्योगधन्दा, व्यापार व्यवसाय ठप्प भएको छ ।

पृथ्वी राजमार्गबाहेक अन्यत्र यातायात सञ्चालनमा आएका छैनन् । आइतबार १२ बजेसम्म दोषीलाई कारबाही नगरिए काँग्रेसले थप कार्यक्रम सार्वजनिक गर्ने नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमलाले बताउनुभयो ।
बन्दमा अप्रिय घटना नहोस् भनी सदरमुकामका चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?