कुसुमलाई जन्मकैदको फैसला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
कुसुमलाई जन्मकैदको फैसला

सारांश

  • काठमाडौं ।
  • पोखरामा एक बालिकाको हत्यापछि पक्राउ परेका आरोपितलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
  • कास्की जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजालसले कुसुम पौडेललाई जन्मकैदको सजाय सुनाएको हो ।

काठमाडौं । पोखरामा एक बालिकाको हत्यापछि पक्राउ परेका आरोपितलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजालसले कुसुम पौडेललाई जन्मकैदको सजाय सुनाएको हो ।

गत असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । हत्या आरोपमा कुसुम गत असोज १० गते नै पक्राउ परेका थिए ।

घर नजिकै पसलमा बिस्कुट किन्न गएकी श्रेयालाई पैसाको प्रलोभन देखाएर कुसुमले बलात्कारको प्रयास गरेका थिए । त्यसको श्रेयाले प्रतिकार गर्न खोजेपछि रक्सीले मातेका कुसुमले घाँटी थिचेका थिए ।

पोखरा महानगरपालिका–२२ निवासी मीनबहादुर विकको जाहेरीले स्याङ्जाका घर भई पोखरा कोदी बस्दै आएका २७ वर्षीय कुसुमलाई अदालतले जन्मकैद सुनाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राजिलको लगातार जित, १३औं पटक विश्वकप फुटबलको अन्तिम चरणमा
ब्राजिलको लगातार जित, १३औं पटक विश्वकप फुटबलको अन्तिम चरणमा
अशोक मेहताको सनसनीपूर्ण खुलासा, मोदीको समर्थन प्रचण्डलाई, ओली प्रो चाइनिज हुन्
अशोक मेहताको सनसनीपूर्ण खुलासा, मोदीको समर्थन प्रचण्डलाई, ओली प्रो चाइनिज हुन्
सरकारले मृतक परिवारलाई १ लाख रुपियाँ राहत दिने
सरकारले मृतक परिवारलाई १ लाख रुपियाँ राहत दिने
वरिष्ठ सङ्गीतकार पोखरलेको निधन
इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्टमा विराट कोहली नखेल्ने
इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्टमा विराट कोहली नखेल्ने
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष
अराजक बन्दै समाज, सानोतिनो झगडा नै हत्याको कारण बन्दै
अराजक बन्दै समाज, सानोतिनो झगडा नै हत्याको कारण बन्दै
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
रेलमार्गको ठेक्का प्रकरणमा लालु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रपति पोल्याण्डतर्फ पस्थान, जिम्मेवारी उपराष्ट्रपतिलाई
राष्ट्रपति पोल्याण्डतर्फ पस्थान, जिम्मेवारी उपराष्ट्रपतिलाई
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड