राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १८, २०७८
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित

सारांश

  • नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल निर्वाचित हुनुभएको छ ।
  • संघ निबर्तमान अध्यक्ष वचन ब.
  • सिहको अध्यक्षतामा भर्चुअल माध्यमबाट हिजोदेखि आजसम्म भएको संघको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकबाट पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल निर्वाचित हुनुभएको छ ।

संघ निबर्तमान अध्यक्ष वचन ब. सिहको अध्यक्षतामा भर्चुअल माध्यमबाट हिजोदेखि आजसम्म भएको संघको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकबाट पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसभन्दा अगाडीको कमिटीमा पौडेल सहअध्यक्ष हुनुहुन्थ्यो । जस्तो सुकै परिस्थितिको पनि सहजै सामना गर्न सक्ने क्षमता भएका, सालिन, बौध्दिक र सबै युवाहरुका प्रिय हुनुहुन्थ्यो ।

संगठनमा लामो समयसम्मको अनुभव संहाल्नुभएका नवनिर्वाचित अध्यक्ष पौडेलले संगठनमा महासचिव, बरिष्ठ उपाध्यक्षसहितका जिम्मेवारीहरुमा सफलतापूर्वक बहन गर्नुभएको थियो । संगठन विस्तार र प्रतिकुल समयलाई क्याच गरी अगाडी बढ्न सक्ने क्षमता राख्नुहुने पौडेलले अबका दिनमा युवाहरुको सकारात्मक आन्दोलनलाई समाजवादको दिशातर्फ अगाडी बढाई युवाहरुको हक, हित, अधिकार तथा आवश्यकतालाई ध्यान दिई संगठनको गौरवमय इतिहासलाई सुरक्षित राख्ने आम युवाहरुले अपेक्षा गरेका छन् ।

युवाहरुमा मिसन र भिजनका धनी व्यक्तिको रुपमा परिचित पौडेलले युवाहरुको मुद्धाको साथमा रोजगारीका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?