नायक अनमोल केसी आइ–मार्स मोबाइलको ब्राण्ड एम्बेस्डर

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नायक अनमोल केसी आइ–मार्स मोबाइलको ब्राण्ड एम्बेस्डर

सारांश

  • काठमाडौं, १८ भदौ ।
  • ओपल मल्टिनेशनल कम्पनीले दशैंको छेको पारेर नेपालमा नयाँ मोबाइल लञ्चिङ गर्न थालेको छ ।
  • ओपल मल्टिनेशनलले आज पत्रकार सम्मेलनको आयोजना गरी चर्चित नायक अनमोल केसीलाई आइ–मार्स मोबाइलको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित गरेको छ ।

काठमाडौं, १८ भदौ । ओपल मल्टिनेशनल कम्पनीले दशैंको छेको पारेर नेपालमा नयाँ मोबाइल लञ्चिङ गर्न थालेको छ । ओपल मल्टिनेशनलले आज पत्रकार सम्मेलनको आयोजना गरी चर्चित नायक अनमोल केसीलाई आइ–मार्स मोबाइलको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित गरेको छ ।

ब्राण्ड एम्बेस्डरका लागि सम्झौतापत्रमा ओपल मल्टिनेशनलको तर्फबाट अध्यक्ष निरञ्जन श्रेष्ठ र नायक अनमोल केसीले हस्ताक्षर गरेका थिए । ओपल र नायक अनमोल केसीबीच १ वर्षे सम्झौता भएको छ ।

त्यस अवसरमा बोल्दै ब्राण्ड एम्बेस्डर अनमोल केसीले आइ–मार्स मोबाइल सुविधा र गोजीको हिसावले नेपाली समाजमा लोकप्रिय हुने विश्वास व्यक्त गरे । उनले भने, “मैले आइ–मार्स मोबाइलका सबै फिचरहरु हेरें । यसले नेपाली उपभोक्ताको मन जित्ने पक्का छ ।” उनले यो मोबाइल अरुभन्दा आधुनिक र गुणस्तरीय भएको दावी पनि गरे ।

ओपल मल्टिनेशनलका अध्यक्ष निरञ्जन श्रेष्ठले आफनो कम्पनीले आइ–मार्स मोबाइल ब्राण्डलाई नेपाली जनजनमा लोकप्रिय र स्थापित गराउने बताए । उनले यो ब्राण्डको आगमनसँगै प्रत्यक्षरुपमा २ सय र अप्रत्यक्षरुपमा हजारौंले रोजगारी प्राप्त गर्ने दावी गरे । उनले कार्यक्रममा आइ–मार्सका कन्ट्री म्यानेजर ले दशैंताका लञ्चिङ हुने आफ्नो मोबाइल २ हजारदेखि ३० हजार मूल्यमा हुने जानकारी दिए । उनले भने, “आवश्यकताका आधारमा त्योभन्दा बढी मूल्यका मोबाइलहरु भित्राउने छौं ।”

कार्यक्रममा आइ–मार्सका कन्ट्री म्यानेजर सुशील न्यौपानेले आइ–मार्सका मोबाइलहरु अरुभन्दा सस्तो, गुणस्तरीय र आधुनिक भएको बताए । ‘आइमार्सको आफ्नै उत्पादक कम्पनी भएकाले यसका फोनहरु गुणस्तरीय, आधुनिक र सस्तो पनि रहेको दावी गरे ।

दशैंपछि बजारमा आउने आइ–मार्स मोबाइलका हरेक मोडलमा फोरजी टेक्नोलोजी र ३ वटा मोडलमा सिडिएम नेटवर्क क्षमता रहेको जानकारी दिइएको छ । ओपलको आफ्नै उत्पादक कम्पनी भएकाले आइ–मार्सले नेपाली बजारमा राम्रो प्रतिस्पर्धा गर्ने म्यानेजर न्यौपानेको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी
महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी
आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन
आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
डलरको  मूल्य ११८ रुपैयाँ ८४ पैसा कायम
डलरको मूल्य ११८ रुपैयाँ ८४ पैसा कायम
‘नो हर्न’ को लागि पोखराका १०१ स्थानमा होडिङ बोर्ड राखिने
‘नो हर्न’ को लागि पोखराका १०१ स्थानमा होडिङ बोर्ड राखिने
निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन स्वीस कम्पनी छनौट
नेपाल देखि टर्कि सम्म, नेपालीबाटै ठगिँदै नेपाली कामदार
नेपाल देखि टर्कि सम्म, नेपालीबाटै ठगिँदै नेपाली कामदार
सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा यात्रुको घुइँचो
सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा यात्रुको घुइँचो
झापा प्रहरीको सफलता : दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन
झापा प्रहरीको सफलता : दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन
नेकपा : पानीमा चिनीजस्तो हुनुपर्नेमा तेल तैरिएजस्तो
नेकपा : पानीमा चिनीजस्तो हुनुपर्नेमा तेल तैरिएजस्तो

तपाईंले छुटाउनुभयो कि?