कांग्रेसको एकमहिने जागरण अभियान : नेतामै जागरण ल्याउन कार्यकर्ताको सुझाव
सारांश
- काठमाडौं।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरु गरेको पहिलो चरणअन्तर्गतको एकमहिने राष्ट्रिय जागरण अभियान समापनको संघारमा पुगेको छ ।
- वैशाख २५ गतेबाट ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पुगेर एकसाथ सुरु भएको राष्ट्रिय जागरण अभियान जेठ २५ गते समापन हुँदै छ।
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरु गरेको पहिलो चरणअन्तर्गतको एकमहिने राष्ट्रिय जागरण अभियान समापनको संघारमा पुगेको छ । वैशाख २५ गतेबाट ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पुगेर एकसाथ सुरु भएको राष्ट्रिय जागरण अभियान जेठ २५ गते समापन हुँदै छ।
कांग्रेसले आमजनतालाई सरकारले गरेका संविधान र संघीयताविरोधी गतिविधिबारे जानकारी दिँदै जनस्तरमा आप्mनो खस्केको शाख फिर्ता गराउने लक्ष्यका साथ अभियान सुरुवात गरेको हो। अभियानको सुरुवातमा सरकारप्रति आक्रामक ढंगबाट कार्यकर्तासामु प्रस्तुत भएका नेताहरूले पछिल्लो समय अभियानलाई आफूअनुकूल उपयोग गर्न थालेका देखिन्छन्। उनीहरू पार्टीभित्रकै गुटबन्दीमा आधारित रही प्रतिस्पर्धी गुटविरुद्ध नै अभियानको मञ्च प्रयोग गर्न थालेका हुन्।
अभियानका क्रममा ‘साझा र संगठितरूपमा एउटै आवाज’ बोल्ने भनिए पनि संस्थापन पक्षविरोधी नेताहरूले जागरण अभियानको अधिकांश समय पार्टी नेतृत्वविरुद्ध उपयोग गरेका छन् । जागरण अभियानले आन्तरिक गुटबन्दी मत्थर गर्ने अपेक्षाविपरीत संस्थापन इतर समूहका नेताहरूले अभियानलाई आगामी महाधिवेशन केन्द्रित गरेर आन्तरिक राजनीतिक प्रतिस्पर्धामै आफूलाई सीमित राखेका छन् । त्यस्तै, संस्थापन समूहका केन्द्रीय प्रतिनिधिहरू आफ्नो बलबुताले भ्याएसम्म नेतृत्वको बचाउ गर्दै आएका छन् ।
कार्यकर्ताहरूले भने नेताहरू गुटबन्दीमा रमाएको रुचाएका छैनन् । उनीहरूले कार्यकर्तामा जागरण ल्याउने उद्देश्यका साथ जिल्लाजिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूलाई आफँैबाट जागरणको सुरुवात गर्न सुझाव दिएका छन् । जिल्लाका स्थानीय नेताकार्यकर्ताहरूले केन्द्रीय नेताहरूलाई पार्टीभित्र रहेको गुटबन्दी अन्त्य गर्न सुझाव दिइरहेका केन्द्रीय प्रतिनिधिहरू स्वयं प्रतिक्रिया दिँदै आएका छन् ।
कांग्रेसले जागरण अभियानका क्रममा महासमिति बैठकबाट पारित निति तथा कार्यक्रम स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीभित्र एकता वृद्धिका लागि पार्टी सुदृढीकरणका गतिविधि अघि बढाउँदै जागरण अभिवृद्धि गर्ने, कांग्रेसको नेतृत्वमा प्राप्त राजनीतिक उपलब्धि सम्प्रेषण गर्ने, वर्तमान सरकारका जनविरोधी क्रियाकलाप आमनागरिकमा प्रस्ट्याउने, पार्टीलाई जनताको हितमा थप समर्पित गराउनेलगायत १५ वटा उद्देश्य राखेको छ ।
| Virus-free. www.avast.com |
प्रतिक्रिया