धर्म प्रचारसहितको व्यापार गर्ने डेढ सय बढी विदेशी देश निकाला

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
२६ पटक हेरिएको
Shares
धर्म प्रचारसहितको व्यापार गर्ने डेढ सय बढी विदेशी देश निकाला

सारांश

  • काठमाडौं ।
  • विभिन्न देशबाट नेपाल घुम्ने बहाना बनाएर यहाँ आएर धर्म प्रचार गर्नेलाई ४ महिनाको अवधिमा १६३ जना आफ्नै देश फर्काइएका छन् ।
  • अध्यागमन विभागका अनुसार धर्मका नाममा गैरकानुनी व्यापार व्यवसायमा संलग्न रहेका विभिन्न देशका नागरिकलाई नेपालबाट निकालामा परेका हुन् ।

काठमाडौं । विभिन्न देशबाट नेपाल घुम्ने बहाना बनाएर यहाँ आएर धर्म प्रचार गर्नेलाई ४ महिनाको अवधिमा १६३ जना आफ्नै देश फर्काइएका छन् ।

अध्यागमन विभागका अनुसार धर्मका नाममा गैरकानुनी व्यापार व्यवसायमा संलग्न रहेका विभिन्न देशका नागरिकलाई नेपालबाट निकालामा परेका हुन् । देश निकालामा परेका उनीहरु अबदेखि नेपाल आउन पाउने छैनन् ।

उनीहरु पर्यटक भिसामा नेपाल आउने गर्छन् । नेपाल विभिन्न धर्मको प्रचारदेखि अवैध धन्दासम्म चलाउने गरेका छन् । धर्म प्रचार र अवैध व्यापारमा लागेका जापान, अस्ट्रेलिया, इन्डोनेसिया, चीन, फिलिपिन्सलगायतका देशका नागरिकलाई घर पठाइएको हो ।

धर्मप्रचार सहित धन्दा सञ्चालन गर्नेहरू बढ्न थालेपछि देश निकाला गरिएको विभागले जनाएको छ । विभागले एकसातामा १४ जना विदेशीलाई पक्राउ गरेको छ ।

पर्यटक भिसा भन्दै घुम्न आएकाले कुनै व्यापार व्यवसाय गर्न पाउँदैनन् । कुनै पनि विदेशीले अर्काको देशमा व्यापार व्यवसाय गर्न बिजनेस भिसा लिनुपर्ने प्रावधान छ । तर, पर्यटक भिसामा आएर विभिन्न धन्दा र व्यवसाय चलाएका कारण उनीहरु देश फिर्ता भएका हुन् ।

आव २०७४/७५ मा गलत काम गर्ने ६२२ जना विदेशीलाई नेपालबाट निकाला गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?