काठमाडाैं निर्वाचन क्षेत्र नम्बर तीनमा कसले मार्ला बाजी?
सारांश
- काठमाडौं।
- काठमाडौंको क्षेत्र नम्बर एक, दुई, चार र पाँचको जति चर्चा छ, क्षेत्र नम्बर तीन भने ओझेलमा परेको छ।
- क्षेत्र नम्बर एकमा कांग्रेसका प्रकाशमान सिंह र साझा पार्टीका रविन्द्र मिश्रको जति चर्चा छ, क्षेत्र नम्बर दुईमा पूर्व प्रधानमन्त्री माधव नेपाल चुनावी मैदानमा भएका कारण विशेष चर्चा छ।
काठमाडौं। काठमाडौंको क्षेत्र नम्बर एक, दुई, चार र पाँचको जति चर्चा छ, क्षेत्र नम्बर तीन भने ओझेलमा परेको छ।
क्षेत्र नम्बर एकमा कांग्रेसका प्रकाशमान सिंह र साझा पार्टीका रविन्द्र मिश्रको जति चर्चा छ, क्षेत्र नम्बर दुईमा पूर्व प्रधानमन्त्री माधव नेपाल चुनावी मैदानमा भएका कारण विशेष चर्चा छ।
यसैगरी क्षेत्र नम्बर चारमा कांग्रेसमा युवा नेता गगन थापा र एमालेका युवा नेता राजन भट्टराई चुनावी मैदानमा भएका कारण क्षेत्र नम्बर चारको पनि चर्चा छ। यसैगरी क्षेत्र नम्बर पाँचमा एमाले महासचिव इश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महत चुनावी मैनादमा भएका कारण पनि चर्चामा छ।
यी चार निर्वाचन क्षेत्र बाहेक काठमाडौंका निर्वाचन क्षेत्रको धेरै चर्चा हुने गरेको छैन।
काठमाडौंमा निर्वाचन क्षेत्र नम्बर तीनमा एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई र कांग्रेस नेतृ अम्बिका बस्नेत चुनावी मैदानमा छन्।
वाम गठबन्धनका साझा उम्मेद्वार राई र लोकतान्त्रिक गठबन्धनकी उम्मेद्वार बस्नेत पहिलो पटक चुनावी प्रतिश्पर्धामा उत्रिएका हुन्।
बस्नेत यसअघि समानुपातिकबाट सभासद भइसकेकी हुन भने राई पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्। ७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर तीनबाट एमाले उम्मेद्वार रामेश्वर खनाल विजयी भएका थिए।
त्यसो त वाम गठबन्धनका साझा उम्मेद्वार राई २०५४ सालको स्थानीय निर्वाचनमा जोरपाटी गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए। काठमाडौं निर्वाचन क्षेत्र नम्बर तीनमा काठमाडौं महानगरपालिकाको ६ नम्बर वडा, कागेश्वरी मनोहरा नगरपालिकाको १,२,३ वडा र गोकर्णेश्वर नगरपालिका पर्छन्।
स्थानीय तह निर्वाचनमा यी क्षेत्रमा वाम गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धन बलियो थियो। स्थानीय तह निर्वाचनको प्राप्त मत जोड्दा लोकतान्त्रिक गठबन्धनको ९ हजार ९ सय ९८ मत थियो भने वाम गठबन्धनको ९ हजार ६ सय २१ मत थियो।
यो निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले आफ्नो मत जोगाएमात्रै पुग्छ भने वाम गठबन्धनले जितकालागि मेहनत गर्नुपर्ने देखिन्छ।
Santosh Khadka
l
Bhim Kanta Kandel
2
Baburam Sapkota
एमाले
Durga Adhikari
Jitne le.
Aspák Ansari
congress
Chola Kant
3
Subash Panthi
एमाले
Ramesh Bhandari
एमाले
Adhikari Mohan Parsad
Congrass
Dilendra Neupane
Tree
Narayan Bhai Rml
Uml
Arjun Sing Bista
congress
परदेशि सागर क्षेत्री
Uml