रवीन्द्र मिश्र पतृ शाेकमा वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
रवीन्द्र मिश्र पतृ शाेकमा वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन !

सारांश

  • काठमाडौँ, २३ साउन ।
  • विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका पिता वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ ।
  • आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौँ, २३ साउन । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका पिता वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवासबाट बाहिर निस्किएका थिएनन् ।

उनको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पनि पिता हुन् । कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Khadka Nabraj

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?