यि हुन नेपाल र चीन बिच भएका १० बुँदे महत्वपूर्ण सम्झौता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • बेईजीङ, ७ असार ।
  • चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खस्याङबीच आज १० बुँदे महत्वपूर्ण सम्झौता भएको छ ।
  • चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीचको एक्लाएक्लै भेटवार्तापछि द्धिपक्षीय वार्ता सम्पन्न भएको थियो ।

बेईजीङ, ७ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खस्याङबीच आज १० बुँदे महत्वपूर्ण सम्झौता भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीचको एक्लाएक्लै भेटवार्तापछि द्धिपक्षीय वार्ता सम्पन्न भएको थियो । प्रतिनिधिमण्डलको संयुक्त बैठकपछि दुई देशबीच महत्वपूर्ण सम्झौता भएको हो ।

नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा आज सम्झौता सम्पन्न भएका छन् । यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता भएको हो । केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ।

ओली र समकक्षी  ली खछ्याङबीच बिहीबार अपरान्ह  भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याउने उल्लेख छ।

रघुविर महासेठ र चिनियाँ उप-विदेशमन्त्री कङ वान युले रेलवे र कार्गो ट्रान्सपोर्टमा हस्ताक्षर गरे । यस्तै, दुईवटा मैत्री पुल पुनर्निर्माणसम्बन्धि सम्झौतामा परराष्ट्र सचिव शंकरदास वैरागी र उपविदेशमन्त्री कङले हस्ताक्षर गरे ।

ऊर्जामा आर्थिक र प्राविधिक साझेदारी सम्बन्धि सम्झौतामा उर्जामन्त्री वर्षमान पुन र उप विदेशमन्त्री कङले हस्ताक्षर गरेका छन् । यस्तै, तिब्बतको राजमार्ग नेपालले प्रयोग गर्न पाउने सम्झौतामासमेत हस्ताक्षर भएको छ ।

तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम बुझिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sailu Thakuri

    सम्झौता भयो सरकार छीटै कार्यन्वयन होश। छीटै रेल चढ्न पाईयोश??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?