काठमाडौँ चल्यो बिजुली बस

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
काठमाडौँ चल्यो बिजुली बस

सारांश

  • प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालि बीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ ।
  • सोमबार एक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
  • कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालि बीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ । सोमबार एक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् ।

ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सिसडोलबासीले फोहोरको गाडीलाई अवरोध नगर्ने
सहमति अनुसार सिसडोलका स्थानीयले काठमाडौंबाट फोहोर लिई जाने गाडीलाई अवरोध गर्ने छैनन् । उनीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्रसमेत तत्काल अधिग्रहण गर्नुपर्ने लगायत माग राख्दै ५ दिनदेखि फोहोर लिएर आउने गाडी रोकेका थिए ।

महानगर र सिसडोलवासीबीचको सहमतिमा स्थानीयको माग पूरा गर्न दुवै पक्षको प्रतिनिधित्व रहेको १३ सदस्यीय समिति गठन भएको छ । समितिले सिफारिस गरेअनुसार महानगरले स्थानीयको माग पूरा गर्नेछ ।

पहिलो बैठकले समितिका संयोजक तोक्नेछ । समितिले अध्ययन गरी महानगरलाई प्रतिवेदन बुझाउने र त्यसैअनुसार माग पूरा गर्दै जाने सहमति भएको बैठकमा सहभागी महानगरका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट सुरु
केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट सुरु
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
परनिर्भर हुँदै मुलुक
परनिर्भर हुँदै मुलुक
वैद्य र विप्लव पार्टी एकीकरण गर्दै !
वैद्य र विप्लव पार्टी एकीकरण गर्दै !
कांग्रेस कार्यकर्तामाथि आक्रमण
कांग्रेस कार्यकर्तामाथि आक्रमण
दक्षिण कोरियामा नेपालीहरु आकर्षित :  न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने
दक्षिण कोरियामा नेपालीहरु आकर्षित : न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने
गलत मान्छेसंग संगत पनि गर्दिन,त्यस्ता मान्छे भए छाड्दिन पनि: प्रहरी नायव उपरिक्षक ज्ञवाली
गलत मान्छेसंग संगत पनि गर्दिन,त्यस्ता मान्छे भए छाड्दिन पनि: प्रहरी नायव उपरिक्षक ज्ञवाली
सुन तस्करि प्रकरण: ‘ठूलो माछो’को रुपमा हेरिएका पोद्दारले भने पत्रकारलाइ पनि रक्सी खुवाएकाे छु !
न्यूनतम साझा कार्यक्रमकै आधारमा जसपा सरकारमा सहभागि हुने
न्यूनतम साझा कार्यक्रमकै आधारमा जसपा सरकारमा सहभागि हुने
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी

तपाईंले छुटाउनुभयो कि?