अविरल वर्षाका कारण जनकपुर जलमग्न

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
१८ पटक हेरिएको
Shares
अविरल वर्षाका कारण जनकपुर जलमग्न

सारांश

  • जनकपुर।
  • अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन्।
  • बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन्।

जनकपुर। अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन्। बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन्। जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ।

जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ।

यद्यपि अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्याङ्क सङ्कलन काम भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। एशियाली विकास बैंकको एकीकृत शहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन राम्रोसँग नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। बस्तीहरू समेत डुबानमा परेर स्थानीयवासी मर्कामा छन्।

विगतमा नगरको पानीको निकास जलाद र दूधमती नदीमा हुने गरेकामा हाल आएर नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ। वर्षाले अधिकांश सरकारी कार्यालय पनि डुबानमा परेका छन् । धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा निरन्तर रुपमा पानीको सतह बढ्दै गएपछि सर्वसाधारणलाई सचेत गराइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलका अनुसार धनुषा र सिरहा जिल्लाको सीमाका रुपमा रहेको कमला नदीमा अविरल वर्षाका कारण जलस्तर बढ्दै गएकाले कमला छेउछाउका सर्वसाधारणहरुलाई सचेत गराउँदै सतर्क रहन आग्रह गरिएको छ।

निरन्तर वर्षाका कारण जलस्तर बढ्दै गएकाले हुन सक्ने सम्भावित घटनाको न्यूनीकरणका लागि कमला छेउछाउका ग्रामीण भेगमा सुरक्षाकर्मीलाई सचेत गराई तयारी अवस्थामा राखिएको धनुषाका प्रजिअ कनेलले जानकारी दिए।

समग्र जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको छ तर जनकपुरको नालामा पानीको बहाव रोकिएकाले ठाउँठाउँमा पानी जमेको बताउँदै प्रजिअ कनेलले कर्मचारी र प्रहरीको सहयोगमा त्यसलाई निराकरण गर्ने प्रयास भइरहेको जानकारी दिए।

नेपालगञ्जबाट आएको यतिको विमान रनवेमा चिप्लियो

नेपालगञ्जबाट काठमाडौँ आएको यति एयरलाइन्सको विमान एटीआर ७२ विमान धावनमार्गमा चिप्लिएको छ । विमान चिप्लिदा एक जना यात्रु घाइते भएको बुझिएको छ । विमानमा सवार अन्य यात्रु शकुसल रहेका छन् । विमानमा कति जना सवार थिए भन्ने केही खुलाइएको छैन ।

पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल
काठमाडौं। अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको हो।

काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्ति र धेरै सवारीसाधनका कारण उक्त समस्या उत्पन्न भएको छ। चाबहिल–साँखु, कलङ्की–नागढुङ्गा, बल्खु–दक्षिणकाली, सामाखुशीचोक–टोखा र भित्री सडकमा पानी जमेका कारण यातायात सञ्चालनमा कठिन बन्न पुगेको हो।

काठमाडौँ उपत्यकामा विसं १९५८ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारीसाधन बोकाएर काठमाडौँ ल्याएका थिए। सर्वसाधारणमा गोपाल खोपासीले विसं १९७० को दशकमा सवारीसाधन भित्र्याएर प्रयोग गरेका थिए। काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै सवारीसाधनको सङ्ख्या पनि अत्यधिकरूपमा बढेर गएको छ। यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३४ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सवारीसाधन रहेको पाइन्छ।

विसं २००४ देखि सवारीसाधन दर्ता प्रक्रिया शुरु भए पनि विसं २००७ बाट मात्र ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको थियो। कम बाटो र सीमित सवारीसाधनका कारण विसं २०१२ मा केन्द्रीय ट्राफिक कम्पनीका रूपमा १२५ को सङ्ख्यामा ट्राफिक प्रहरीले काम गर्ने गरे पनि हाल एक हजार ३४६ ट्राफिक कार्यरत रहेको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए।

“उपत्यकामा दिनानुदिन जनसङ्ख्या र बस्ती बढेको छ, सडक विस्तार र सडक पूर्वाधार निर्माण हुनसकेको छैन, यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्दा ट्राफिक व्यवस्थापन जटिल हुँदै गएको छ”, उनले भने। महाशाखाका प्रमुख पन्त काठमाडौँमा सवारीसाधनको चापअनुसार ट्राफिक खटाउने हो भने दुई हजारभन्दा बढी जनशक्ति आवश्यक पर्ने बताउँछन्। अहिले एक हजार ८५ को दरबन्दी महाशाखामा भए पनि देशभरबाट तालीममा आएका ट्राफिकलाई समेत काममा खटाउनुपर्ने बाध्यता छ। महाशाखाले उपत्यकाको ट्राफिक दरबन्दी थप गर्न प्रहरी प्रधान कार्यालयलाई पत्रसमेत पठाइसकेको छ।

उपत्यकाका थापाथली, केशरमहल, नयाँबानेश्वरलगायत मुख्य चोकमा कार्यालय सञ्चालन भएको दिनमा अहिले पनि तीनदेखि पाँच मिनेटसम्म सवारीसाधन रोकिनुपर्ने हुन्छ। केन्द्रीय ट्राफिक कम्पनीका रूपमा रहेको महाशाखा विसं २०४९ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयका रूपमा रहेको थियो। विसं २०४९ मा स्थापना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय विसं २०६३ मा आएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका रूपमा स्थापना भएको हो।

विसं २०५४ देखि विभिन्न क्षेत्र तथा जिल्ला कार्यालय खोलेर काम गरेको ट्राफिकले काठमाडौँ उपत्यकामा मात्र ४० स्थानमा विभिन्न कार्यालय खोलेर सेवा दिइरहेको छ। हाल एक ट्राफिकले दैनिक आठ घण्टादेखि १४ घण्टासम्म काम गर्नुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ। देशभर झण्डै तीन हजार ट्राफिक प्रहरीले काम गर्दै आएका छन्।

महाशाखाले काठमाडौँ उपत्यकाको सवारी दुर्घटना न्यूनीकरण गर्दै लैजाने, सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भएर गर्ने, समयानुकूल ट्राफिक सङ्गठन परिवर्तन गर्दै लैजाने, ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाउने मूल्य र मान्यताअनुसार काम गरिरहेको महाशाखाका प्रवक्ता रविकुमार पौडेल बताउँछन्।

काठमाडौँ उपत्यकाभित्र हाल एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक भए पनि सवारीसाधन ओहोरदोहोर गर्ने मुख्य सडक भने ४०० किलोमिटरदेखि ५०० किमी रहेको महाशाखाले जनाएको छ। महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउन विभिन्न सरोकारवाला निकायको सहकार्यमा तीनमहीने कार्ययोजना सञ्चालन गरेको छ। तीनमहीने कार्ययोजनाअनुसार करिडोर निर्माण, फुटपाथ व्यवस्थापन, जेब्राक्रसिङ निर्माण, चालकलाई जनचेतनामूलक कक्षा सञ्चालनलगायतका काम गर्दै आएको छ।

हाल महाशाखाले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारवाही, लेन अनुशासन कारवाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारवाही गर्न कडाइ गरेको छ।

ट्राफिकले आफू चढेको सवारीसाधनबाट उपत्यकाको सवारी व्यवस्थापन, वडिवन क्यामेरा, ड्रोन क्यमेरामार्फत सवारीसाधन व्यवस्थापन गर्दै आएको छ। सवारीसाधन दिनानुदिन भित्रिँदै जाने र आवश्यक पूर्वाधार नहुँदा उपत्यकाको ट्राफिक व्यवस्था झन् जटिल बन्दै जाने महाशाखाले जनाएको छ। अच्युत रेग्मीरासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?