वैद्य र विप्लव पार्टी एकीकरण गर्दै !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
६५ पटक हेरिएको
Shares
वैद्य र विप्लव पार्टी एकीकरण गर्दै !

सारांश

  • काठमाडौं, पुस ११ ।
  • शीर्ष दलहरू मिल्न नसकिरहेका बेला टुक्रिएका कम्युनिस्ट पार्टीहरू एकीकरणलाई टुंग्याउने गरी अघि बढेका छन् ।
  • मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको एकता केन्द्र मसाल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच आन्तरिक रूपमा एकीकरणका लागि गृहकार्य भइरहेको छ ।

काठमाडौं, पुस ११ ।शीर्ष दलहरू मिल्न नसकिरहेका बेला टुक्रिएका कम्युनिस्ट पार्टीहरू एकीकरणलाई टुंग्याउने गरी अघि बढेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको एकता केन्द्र मसाल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच आन्तरिक रूपमा एकीकरणका लागि गृहकार्य भइरहेको छ । विचार मिल्नेहरूसँग एकताका लागि आफूहरू खुला रहेको नेकपा क्रान्तिकारी माओवादीले बताएको छ । यो खबर प्रशान्त वलीले आजको नेपाल समाचार पत्रमा लेखेका छन् ।

जनवादी केन्द्रीयता, मालेमावादको सिद्धान्त अवलम्बन गर्ने जोकोहीसँग एकताको ढोका खुला रहेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अम्बिका मुडवरीले जानकारी दिए । माओवादी केन्द्र र एमालेसँग पार्टी एकता हुनै नसक्ने बताए । उनले भने– ‘ती पार्टी कम्युनिस्टको सिद्धान्त नै अवलम्बन गर्दैनन्। त्यसैले देशलाई समृद्ध बनाउन नयाँ जनवादी क्रान्ति अनिवार्य छ । कम्युनिस्टहरू सदैव क्रान्तिप्रति प्रतिबद्ध भएर लाग्नुपर्छ । हाम्रो प्रयास विचार मिल्ने मुख्यतः विप्लव नेतृत्वको नेकपालगायतका दलसँग एकता हुने कुरा साँचो हो। हामी निरन्तर छलफलमै छौं ।’

एमाले र माओवादीको एकीकरण नौटंकी भएको भन्दै असन्तुष्टहरू धु्रवीकरणका लागि आफूकहाँ आएको क्रान्तिकारी माओवादीका नेता सेवन्तराज भण्डारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । क्रान्तिकारी माओवादीले केही दिनमै ऋषि कट्टेल नेतृत्वको नेकपासँग एकता गर्ने गरी छलफललाई अन्तिम चरणमा पुर्याएको बताएको छ ।

यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिलाई स्वीकार गरे एकता हुने भन्दै कम्युनिस्टहरूबीच एकीकरणका विषयमा छलफल भइरहेको बताएको छ। जनयुद्धलाई स्वीकार गर्ने र एकीकृत जनक्रान्तिलाई आत्मसात् गर्नेहरूलाई आफूहरू धु्रवीकरण गराउन तयार रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बताएको छ ।

पार्टीका नेता हेमन्त जिसीले भने– ‘पार्टी एकीकरणका लागि केन्द्रीय नेताहरू छलफलमा हुनुहुन्छ । हामी एकताको पक्षमा छौं। विचार मिल्नेबित्तिकै एकता हुन्छ ।’ नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत संसद्भित्रका अराजक प्रवृत्तिलाई भण्डाफोर गर्न भन्दै चुनाव उपयोग गरेको थियो भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको नीति लिएको थियो ।

(www.stocktargetadvisor.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम
अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम
इन्स्टाग्राममा एउटा सामाग्री पोस्ट गरेको कति करोड लिन्छन् प्रियंका र विराट?
इन्स्टाग्राममा एउटा सामाग्री पोस्ट गरेको कति करोड लिन्छन् प्रियंका र विराट?
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
विश्वविद्यालमा तनाव भगाउने कर्मचारी कुकुर
विश्वविद्यालमा तनाव भगाउने कर्मचारी कुकुर
सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही
सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही
राजपा चुनावमा नजाने निश्चित, नगए के हुन्छ ?
राजपा चुनावमा नजाने निश्चित, नगए के हुन्छ ?
मलेशियामा युनिक धमाका मिडिया पार्टनर शिखर न्युज ।
मलेशियामा युनिक धमाका मिडिया पार्टनर शिखर न्युज ।