गलत मान्छेसंग संगत पनि गर्दिन,त्यस्ता मान्छे भए छाड्दिन पनि: प्रहरी नायव उपरिक्षक ज्ञवाली
सारांश
- चितवन, २३ साउन ।
- इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक ( डिएसपी )दयानिधी ज्ञवालीले दलालीलाई नछाड्ने वताएका छन् ।
- पूर्वी चितवनमा रहेका पत्रकारहरुसंग बुधवार आयोजित परिचयात्मक कार्यक्रममा डिएसपी ज्ञवालीले दलालीसंग प्रहरीसंग साँठगाँठ राख्ने दलालहरुलाई नछाड्ने वताएका हुन् ।
चितवन, २३ साउन । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक ( डिएसपी )दयानिधी ज्ञवालीले दलालीलाई नछाड्ने वताएका छन् । पूर्वी चितवनमा रहेका पत्रकारहरुसंग बुधवार आयोजित परिचयात्मक कार्यक्रममा डिएसपी ज्ञवालीले दलालीसंग प्रहरीसंग साँठगाँठ राख्ने दलालहरुलाई नछाड्ने वताएका हुन् ।
विगतमा यहाँ प्रहरीसंग दलालीको सम्वन्ध रहेको जानकारी पाए डिएसपी ज्ञवालीले भने – गलत मान्छेसंग संगत पनि गर्दिन,त्यस्ता मान्छे भए छाड्दिन पनि । कार्यालयमा पुरानो टिम करिव नरहेको उल्लेख गर्दै उनले नयाँ टिमले एक्सन प्लान वनाएर काम गर्ने वताए । भदौ १ गतेदेखी सोही प्लान अनुसार काम गर्ने पनि डिएसपी ज्ञवालीले वताए ।
आफु आएर यस क्षेत्रमा अवैध रुपमा गिट्टी उत्खनन हुने कार्य करिव पुर्ण रुपमा रोकिएको डिएसपी ज्ञवालीले वताए । छिटो सुचना प्रवाहका लागि पत्रकारले गरेको आग्रहमा डिएसपी ज्ञवालीले सुचना प्रवाहमा कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता जनाए । यही साउन पहिलो साता काठमाडौबाट सरुवा भई डिएसपी ज्ञवाली टाँडी आएका हुन् ।
त्यस्तै डिएसपी ज्ञवालीकाे नेतृत्वमा १६ केजी चरेश बरामद गरीएकाे छ ।
प्रतिक्रिया