काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु

सारांश

  • २६ असोज, काठमाडौं ।
  • नेपाली कांग्रेसले काठमाडौं उपत्यकामा चुनाव प्रचार अभियान शुरु गरेको छ ।
  • क्षेत्रपाटीमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत् कांग्रेसले चुनावी अभियान शुरु गरेको हो ।

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं उपत्यकामा चुनाव प्रचार अभियान शुरु गरेको छ । क्षेत्रपाटीमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत् कांग्रेसले चुनावी अभियान शुरु गरेको हो ।

अभियानको नेता प्रकाशमान सिंहले शुभारम्भ गरेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै उनले पार्टीभित्रका सबै मतभेद बिर्सेर एकतावद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुन निर्देशन दिए । कम्युनिष्टहरुले भनेजस्तै साम्यवाद आए व्यक्तिगत सम्पति नहुने दाबी गर्दै उनले वाम गठवन्धनको भण्डाफोर गर्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिए ।

मुलुकको समृद्धि र विकासको अभिभारा कांग्रेसको काँधमा फेरि एक पटक थपिएको भन्दै उनले चुनावमा कांग्रेसले बहुमत ल्याउनैपर्नेमा जोड दिए ।

ग्रामीण क्षेत्रमा बाटोघाटो निर्माण, पक्की पुल, स्कुल लगायतका दीर्घकालीन संरचना नेपाली कांग्रेसकै पालामा खुलेको भन्दै सिंहले भने, ‘कम्युनिष्टहरूले गफ मात्रै दिने हो । काम गर्ने कांग्रेसले हो । मुलुकको विकास र प्रजातन्त्रका लागि फेरि एकपटक कांग्रेसको जित अनिवार्य भएको छ ।’

साम्यवादी व्यवस्था ल्याउन कांग्रेसले नदिने उदघोष समेत उनले गरे ।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले सबैले पार्टीको निर्णय स्वीकार गरेर कांग्रेसलाई जिताउनेतर्फ लाग्न निर्देशन दिए । ‘ब्यक्ति कसले टिकट पायो-पाएन भन्दा पनि एकढिक्का भई नेपाली कांग्रेस पार्टीलाई जिताउन लाग्नुपर्छ,’ उनले भने ।

समृद्ध नेपाल निर्माणका लागि प्रदेश सभा र प्रतिनिधि सभा दुबै निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुको विकल्प नभएको थापाले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Raghu Thapa

    Jagyo congerss

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतीय कार्यालयलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार !
राष्ट्रपतीय कार्यालयलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार !
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
नीलम कार्की निहारिकाको “योगमाया”लाई मदन पुरस्कार
नीलम कार्की निहारिकाको “योगमाया”लाई मदन पुरस्कार
जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग
जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच एक्कासि यस्तो वार्ता
एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच एक्कासि यस्तो वार्ता
रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते
रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते
देउवाको अनुपस्थितिले प्रधानन्यायाधीश सिफारिस रोकियो
देउवाको अनुपस्थितिले प्रधानन्यायाधीश सिफारिस रोकियो
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
Nauru refugee camp doctor removed as pressure on Australia mounts !
Nauru refugee camp doctor removed as pressure on Australia mounts !

तपाईंले छुटाउनुभयो कि?