तेस्रो ह्वीलचियर म्याराथनमा पुरुषमा बिक र महिलामा मगर पहिलो
सारांश
- शनिबार काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न तेस्रो ह्वीलचियर म्याराथन २०१९ मा प्रेमबहादुर विक पहिलो बनेका छन् ।
- बोधिसत्व इन एक्सनले आयोजना गरेको उक्त ह्वीलचियर म्याराथनको करिब ४ किलोमिटर दुरी विकले १६ मिनेट २५ सेकेण्डमा पुरा गरेका थिए ।
- पहिलो भए वापत् विकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया मगरको हातबाट २५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाए ।
शनिबार काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न तेस्रो ह्वीलचियर म्याराथन २०१९ मा प्रेमबहादुर विक पहिलो बनेका छन् । बोधिसत्व इन एक्सनले आयोजना गरेको उक्त ह्वीलचियर म्याराथनको करिब ४ किलोमिटर दुरी विकले १६ मिनेट २५ सेकेण्डमा पुरा गरेका थिए ।
पहिलो भए वापत् विकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया मगरको हातबाट २५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाए ।
प्रतिष्पर्धामा रमेश खत्री दोस्रो भए । उनले निर्धारित दुरी १६ मिनेट ३१ सेकेण्डमा पुरा गरेका थिए । त्यस्तै तेस्रो हुने विष्णु पुकार श्रेष्ठले १७ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो बने ।
महिलातर्फ प्रथम यामी झाक्री मगर २०.११ मिनेट, दोस्रोमा रजनी राई २०.५० मिनेट, तेस्रोमा शर्मिला ठोकरले २२.१० मिनेटमा दौड सम्पन्न गरेका थिए ।
कार्यक्रममा शारिरिक अशक्तता भएका २०० जति सहभागि थिए । म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो ।
शनिबार बिहान ८ बजे भृकुटीमण्डपबाट सुरु भएको म्याराथन शहिदगेट, सुनधारा, रानीपोखरी, जमल, घण्टाघर कमलादी, पुुतलीसडक, प्रदर्शनीमार्ग हुँदै भृकुटीमण्डपमै आएर समापन भएको थियो।
प्रतिक्रिया