आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०८०
|
|
१८ पटक हेरिएको
Shares
आमाको निन्द्रा जोगाउदै र छोराको सपना पूरा गर्नेगरी अब खुल्ने छ ठमेल र दरबारमार्ग २४ सै घन्टा

सारांश

  • काठमाडौँ : ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने सन्दर्भमा गृह मन्त्रालयमा सरोकारवालासँग छलफल भएको छ।
  • शुक्रवार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा सरोकारवाला निकायहरुसँग छलफल भएको हो।
  • छलफलमा २४सै घण्टा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिसमेत बनाइएको छ।

छलफलमा २४सै घण्टा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिसमेत बनाइएको छ। कार्यविधिबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफलमा जानकारी गराए।

उनले कार्यविधिमा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वाय रूपमा ध्वनी नियन्त्रण ‘साउण्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने बताए। उनले कार्यविधिमा विहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको बताोए।

उनले त्यस्ता व्यवसायीले श्रमिकको नाम‚ थर‚ ठेगानासहितको व्यक्तिगत विवरणको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लब र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन नपाइने बताए।

सीडीओ बस्नेतले कार्यविधिअनुसार सम्पूर्ण रात्रिकालीन व्यवसायीका लागि सम्पूर्ण सुरक्षा तथा मापदण्ड व्यवस्था गरिएको बताए।

उनले विहान ४ बजेसम्म सञ्चालनमा रहने मनोरञ्जनात्मक व्यवसायका लागि केही थप आचारसंहिता व्यवस्था गरेको बताए। उनले अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्‍याउन तथा सुरक्षित बस्ने व्यवस्था मिलाउनुपर्ने, कलाकारहरूले गायन तथा प्रदर्शन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने, डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा सजगतापूर्वक स्वस्थ मनोरञ्जन दिनेगरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने तय गरिएको उल्लेख गरे।

छलफलमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राजधानीका सडकमा माग्न बसेकाहरू दुःख पाएर भन्दा पनि व्यावसायिक उद्देश्यले आउने गरेको दावी गरिन्। उनले काम गर्नुभन्दा माग्दा बढी कमाइ हुने गरेकाले सडक मानवमुक्त काठमाडौँ बनाउने अभियान असफल भएको उल्लेख गरिन्।

उनले चौबिसै घण्टा बजार खुला गर्ने निर्णय ठिकै भए पनि त्यसमा सुरक्षा र स्थानीयको सुत्न पाउने अधिकारको पनि ख्याल गरिनुपर्ने बताइन्। न्युरोड जस्तो ठाउँमा दिउँसै सुरक्षा दिन सकस भइरहेका वेला रातिको सुरक्षाबारे सरकारले सोच्नुपर्नेमा जोड दिइन्। उनले ठमेलमा घरधनीहरु पनि बस्ने भएकाले ध्वनि प्रदूषण नहुने गरि साउण्ड प्रुफ गर्न बाध्यकारी बनाउन आवश्यक रहेको बताइन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्न थाल्नु आवश्यक रहेको बताए। उनले ठमेल र दरबारमार्गका व्यापार व्यवसायका लागि ध्वनि प्रदूषण शतप्रतिशत कम गरेर वा अन्य सबै नियमन शतप्रतिशत गरेर गर्नसक्ने अवस्था नभएको बताए।

उनले सरकारले बनाएको रात्रिकालिन व्यवसाय सञ्चालन कार्यविधि पूर्णरुपमा कार्यान्वयन गर्नु जरुरी रहेको बताए।

उनले विदेशी पर्यटकबाट नेपालमा १० बजे नै सबै होटल, रेष्टुरेण्ट बन्द हुने नकारात्मक सन्देश अन्तरराष्ट्रिय क्षेत्रमा पुगेको बताए। उनले व्यवसायीहरुलाई प्रोत्साहन दिएर व्यावसायिक वातावरण बनाउन आवश्यक रहेको बताए।

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले समय पर्खिनेभन्दा पनि तत्काल व्यवसाय सञ्चालनको अनुमति दिन आवश्यक रहेको बताए। उनले आगामी नेपाली नववर्षको अवसर पारेर वैशाख १ गते पूर्णरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले ट्याक्सीको व्यवस्थापन भाडाको विषयमा यातायात व्यवस्था कार्यालयले टुङ्गो लगाउनुपर्ने बताए। उनले राति सबै उद्योग कलकारखाना र व्यापार व्यवसाय सञ्चालन भए २४सै घण्टा सार्वजनिक यातायात पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

ठमेल पर्यटन विकास परिषद् अध्यक्ष भविश्वर शर्माले करिब ८० प्रतिशत पर्यटक ठमेलमा घुम्न, बस्न र खाना आउने गरेको बताए। उनले त्यसबाट करिब ६० हजारलाई स्वरोजगार बनाएको दावी गरे।

उनले करिब २० प्रतिशत व्यवसायी स्थानीय बासिन्दा भएकाले उनीले सहज तरिकाले बस्न पाउने अधिकार सुनिश्चित गरी व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको बताए।

उनले ठमेलमा केही व्यवसाय सञ्चालनमा भए पनि मापदण्ड बनाएर नियमित अनुगमन गर्न आवश्यक रहेको बताए। उनले कार्यविधि पूर्ण कार्यान्वयन गर्न सके ठमेल र दरबारमार्ग नेपालकै नमुना बन्नसक्ने दावी गरे।

छलफलमा स्थानीयवासी तथा व्यवसायीहरुले सरकारले सहज रुपमा बस्न पाउने अधिकार हनन नहुने र सहज रुपमा व्यवसाय वातावरण बनाउने र शान्ति सुरक्षा मजबुत हुनेगरी व्यवसाय सञ्चालन गर्न सुझाव दिएका छन्।

माथिको सटरमा क्लब सहज रुपमा सञ्चालन गर्ने दिने तर तलको सटरमा चिया बेच्न नपाउने वातावरण राज्यले बनाउन नहुने उनीहरुको सुझाव थियो।

उपभोक्ता अधिकारकर्मीले उपभोक्ताको हकहितमा व्यवसाय सञ्चालन गर्ने कुराको स्वागत गरे। उनीहरुले उपभोक्तालाई गुणस्तरहीन र मूल्यमा ठगिनुपर्ने वातावरणको अन्त्य सरकारले गर्नुपर्ने सुझाव दिए।

सरकारले श्रमिकलाई रात्रिकालीन समयमा वासस्थानसम्म पुर्‍याउने व्यवस्था मिलाउनुपर्ने, व्यवसायस्थलमा यौन तथा यौन उत्पीडन/शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने, श्रमजीवी महिला तथा कर्मचारीले पोशाक परिवर्तन गर्ने कोठामा सिसीटीभी राख्न नपाइने व्यवस्था गरिएको छ।

व्यवसायी उपभोक्ता, श्रमिकले पालना गर्नुपर्ने आचारसंहितामा नाबालिकलाई कुनै पनि व्यापार व्यवसायमा राख्न नपाउने व्यवस्था गरिएको छ भने नाबालिकलाई सूर्तिजन्य तथा मदिराजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ।

श्रमिकलाई नियुक्तिपत्र, पोशाक, परिचयपत्र, रात्रिकालीन भोजन, रात्रिकालीन समयमा निवाससम्म पुग्ने व्यवस्था मिलाउनुपर्ने पनि मापदण्डमा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण
मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण
गरीबीका कारण सानै उमेरमा विवाह
गरीबीका कारण सानै उमेरमा विवाह
शौचालयमै शौच गर्न कान्छि उपमेयर शिवकुमारी थारुको आग्रह !
शौचालयमै शौच गर्न कान्छि उपमेयर शिवकुमारी थारुको आग्रह !
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत  ८७९५
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत ८७९५
आफ्नै बुबाको हत्या गर्न बमको अर्डर गरेपछि…
आफ्नै बुबाको हत्या गर्न बमको अर्डर गरेपछि…
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
माधव नेपाललाई अध्यक्ष छाडेर सत्ता संकट टार्ने ओलीको रणनीति
माधव नेपाललाई अध्यक्ष छाडेर सत्ता संकट टार्ने ओलीको रणनीति
भारतमा पहिरो परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन
भारतमा पहिरो परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन
ह्वात्तै घट्यो डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर?
ह्वात्तै घट्यो डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर?
कुशलको शतकको सहयोगमा नेपालद्वारा नामिबिया पराजित
कुशलको शतकको सहयोगमा नेपालद्वारा नामिबिया पराजित

तपाईंले छुटाउनुभयो कि?