मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
४२ पटक हेरिएको
Shares
मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने

सारांश

  • काठमाडौं ।
  • अब दुईपांग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर)को पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने भएको छ ।
  • सरकारले फेरि मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको हो ।

काठमाडौं । अब दुईपांग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर)को पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने भएको छ । सरकारले फेरि मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको हो ।

यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि सफल हुन नसकेको नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो । मोटरसाइकल यात्रालाई सुरक्षित र दुर्घटनामा क्षति कम गर्नेबारे भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुखहरूसँग हिजो छलफल गरेका थिए ।

छलफलमा मन्त्री श्रेष्ठले मोटरसाइकलको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउन जरुरी रहेको बताए । कहिले र कसरी लागू गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको भन्दै मन्त्री श्रेष्ठले यो नियम कार्यान्वयन गर्न पहिला जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी मीरा चौधरीले यसअघि यो नियम कार्यान्वयन गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै कमिसन खाएको आरोप लागेपछि कार्यान्वयन नभएको बताएकी थिइन् ।

नेकपा (एमाले सचिव योगेश भट्टराईले विदेशतिर पनि पछाडि बस्नेले हेल्मेट लगाउने गरेको तर्क गरेका थिए ।

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?