काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०८१
|
|
२३ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो

सारांश

  • काठमाडौं।
  • काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ।
  • यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्।

काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्। यद्यपि काठमाडाैंको मौसम भने सफा रहने छ।

आज बिहान काठमाडाैंको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए। आज काठमाडाैंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ।

प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance create account

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/it/register-person?ref=P9L9FQKY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था खोलिँदैनः योगेशकुमार भट्टराई
अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था खोलिँदैनः योगेशकुमार भट्टराई
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कहिलेसम्म लुकाउने ?
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कहिलेसम्म लुकाउने ?
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन
चुनावमा बालबालिकाको प्रयोग रोक्न समिति गठन
आजको मौसमः कतै हल्का त कतै मध्यम बर्षा हुने
आजको मौसमः कतै हल्का त कतै मध्यम बर्षा हुने
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
देवः विकास बैंकमा नयाँ अध्यक्ष
देवः विकास बैंकमा नयाँ अध्यक्ष
तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल, बजार भारत
तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल, बजार भारत
प्रदीप खड्काकाे लभ स्टेसन’ पशुपति मन्दिरमा सुरू
प्रदीप खड्काकाे लभ स्टेसन’ पशुपति मन्दिरमा सुरू
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !

तपाईंले छुटाउनुभयो कि?