बस दुर्घटनामा दुई दर्जन घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • कैलाली, ५ फागुन ।
  • कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।
  • टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

कैलाली, ५ फागुन । कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।

टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

दुर्घटना परी घाइते भएकाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?