काठमाडौं जिल्लाको मतगणना आज नहुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौं जिल्लाको मतगणना आज नहुने

सारांश

  • २१ मंसिर, काठमाडौं ।
  • काठमाडौं जिल्लाको मतगणना आज नहुने भएको छ ।
  • भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत रमेश पोखरेलले जानकारी दिए ।

२१ मंसिर, काठमाडौं । काठमाडौं जिल्लाको मतगणना आज नहुने भएको छ । भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत रमेश पोखरेलले जानकारी दिए ।

मतदान केन्द्रबाट सबै मतपेटिका संकलन गरी गणनास्थलमा पुर्‍याउने, सर्वदलीय बैठक बसेर सहमति जुटाउने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आजबाट मतगणना नहुने पोखरेलले बताए ।

काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुनेछ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुनेछ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं. ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुनेछ ।

निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं. ६ को जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?