जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
५१ पटक हेरिएको
Shares
जनप्रतिनिधिलाई जिल्लाको नक्सा रङ्गिन बनाउन पत्रकारको आग्रह

सारांश

  • खोटाङ, पुस ४ – प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा विजयी जनप्रतिनिधिलाई खोटाङका पत्रकारहरुले जिल्लाको सादा नक्सा प्रदान गरेका छन् ।
  • प्रेस चौतारी र प्रेस सेन्टर नेपालमा आवद्ध पत्रकारहरुले प्रतिनिधिसभा सदस्यमा विजयी विशाल भट्टराई, प्रदेशसभा (क) मा विजयी राजन राई र प्रदेशसभा (ख) मा विजयी रामकुमार राईलाई मंगलबार जिल्लाको सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र प्रदान गरेका हुन् ।
  • विकासको रंग भर्दै जिल्लाको समृद्धिमा काम गर्नका लागि आह्वान स्वरुप प्रतिनिधिसभा सदस्य विशाललाई प्रेस सेन्टरका अध्यक्ष तामाङ, प्रदेशसभा (क) का सदस्य राजनलाई प्रेस चौतारीका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य हरिबोल आचार्य र प्रदेशसभा (ख) का रामकुमारलाई प्रेस सेन्टरका केन्द्रीय सदस्य भीम राईले खोटाङको सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र हस्तान्तरण गरेका हुन् ।

खोटाङ, पुस ४ – प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा विजयी जनप्रतिनिधिलाई खोटाङका पत्रकारहरुले जिल्लाको सादा नक्सा प्रदान गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालमा आवद्ध पत्रकारहरुले प्रतिनिधिसभा सदस्यमा विजयी विशाल भट्टराई, प्रदेशसभा (क) मा विजयी राजन राई र प्रदेशसभा (ख) मा विजयी रामकुमार राईलाई मंगलबार जिल्लाको सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र प्रदान गरेका हुन् ।

विकासको रंग भर्दै जिल्लाको समृद्धिमा काम गर्नका लागि आह्वान स्वरुप प्रतिनिधिसभा सदस्य विशाललाई प्रेस सेन्टरका अध्यक्ष तामाङ, प्रदेशसभा (क) का सदस्य राजनलाई प्रेस चौतारीका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य हरिबोल आचार्य र प्रदेशसभा (ख) का रामकुमारलाई प्रेस सेन्टरका केन्द्रीय सदस्य भीम राईले खोटाङको सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र हस्तान्तरण गरेका हुन् ।

खोटाङको भौतिक, आर्थिक र सामाजिक परिवर्तनको रङ्ग भर्नका लागि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारलाई जिल्लाको सादा नक्सा प्रदान गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष तामाङले बताउनुभयो ।

जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभएकोमा बधाई एवं सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौँ,’ बधाई तथा शुभकामना–पत्रमा भनिएको छ, ‘खोटाङ जिल्लाको भाग्य र भविष्य निर्माण गर्दै विकास र समृद्धिको रङ्ग भर्न यहाँलाई जिल्लाको सादा नक्सा प्रदान गरिएको छ ।’

सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र बुझ्दै जनप्रतिनिधिले जिल्लाको समृद्धिको रंग भर्नका लागि अवसरलाई सदुपयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता
महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता
नेपाली सेनामा विवाद,  प्रधानसेनापति विरूद्ध यी रथिले गरे सर्वोच्च अदालतमा उजुरी
नेपाली सेनामा विवाद, प्रधानसेनापति विरूद्ध यी रथिले गरे सर्वोच्च अदालतमा उजुरी
धाराको बिल आउँछ, पानी आउँदैन
धाराको बिल आउँछ, पानी आउँदैन
भरतपूर प्रकरणः सर्वोच्चमा आज सरकारी वकिलले बहस गर्ने
भरतपूर प्रकरणः सर्वोच्चमा आज सरकारी वकिलले बहस गर्ने
अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा
अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
बिजुली र इन्धन बिना पानी तान्ने पम्प कस्तो होला ?
बिजुली र इन्धन बिना पानी तान्ने पम्प कस्तो होला ?
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
नयाँ सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा
नयाँ सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा