काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २२, २०७७
|
|
३४ पटक हेरिएको
Shares
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना

सारांश

  • काठमाडौं | काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
  • जागेश्वर गौतमले सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।

काठमाडौं | काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो।

संक्रमित हुनेमा काठमाडौंका २४, भक्तपुरका १० जना र ललितपुरका २० जना गरी जम्मा ५४ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घन्टामा ५४ जना संक्रमित हुँदा प्रत्येक घन्टा कम्तीमा दुईजना संक्रमित थपिएको देखिन्छ।

नेपालमा कोरोना संक्रमण बढेसँगै उपत्यकामा पनि संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ।कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह
गर्दै आएको छ।

यस्तै सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो छ।मन्त्रालयका अनुसार सोमबार थप २६४ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको संख्या ६ हजार ८११ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा सात हजार एक सय एक बैङ्किङ कसुरका मुद्दा
काठमाडौँमा सात हजार एक सय एक बैङ्किङ कसुरका मुद्दा
अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित
अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित
पार्टीमा जान्छु भनि घरबाट निस्केका देउजा मृत भेटिए
पार्टीमा जान्छु भनि घरबाट निस्केका देउजा मृत भेटिए
श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो
श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो
प्रतिक्षा ऐतिहासिक खेलको
प्रतिक्षा ऐतिहासिक खेलको
जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ स् डा कोइराला ।
जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ स् डा कोइराला ।
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
मन्त्री बास्कोटाले डा. केसीको अनसन तोडाउने जिम्मा ‘बोक्ने’हरुलाई दिए
आगलागीमा परी १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट
आगलागीमा परी १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट
प्रचण्डपूत्रलाइ सम्झदै गीत गाँउदागाँउदै ढलेका जनगायक खुसिराम पाख्रिनको मृत्यु
प्रचण्डपूत्रलाइ सम्झदै गीत गाँउदागाँउदै ढलेका जनगायक खुसिराम पाख्रिनको मृत्यु

तपाईंले छुटाउनुभयो कि?