कानुन विपरित चलेको समता स्कुल खारेज हुने
सारांश
- बाजुुरा, १० जेठ- बाजुराको बडीमालिकामा संचालन हुँदै आएको समता स्कुल कानुन विपरित चलेको भन्दै खारेज हुने भएको छ ।
- तत्कालीन जिल्ला शिक्षा कार्यालय र बडीमालिका नगरपालिकाबाट अनुमति नलिइ सञ्चालन गरेको पाइएपछि खारेज गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
- नगर शिक्षा समितिकोे बैठकले बडीमालिका नगर कार्यपालिकामा विद्यालय खारेज गर्न माग गर्दै पत्र पठाएपछि खारेजी प्रक्रियामा अगाडि बढेको बताइएको छ ।
बाजुुरा, १० जेठ- बाजुराको बडीमालिकामा संचालन हुँदै आएको समता स्कुल कानुन विपरित चलेको भन्दै खारेज हुने भएको छ ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय र बडीमालिका नगरपालिकाबाट अनुमति नलिइ सञ्चालन गरेको पाइएपछि खारेज गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगर शिक्षा समितिकोे बैठकले बडीमालिका नगर कार्यपालिकामा विद्यालय खारेज गर्न माग गर्दै पत्र पठाएपछि खारेजी प्रक्रियामा अगाडि बढेको बताइएको छ । विद्यार्थी अभियानको नयाँ वर्षको अवसरमा विद्यार्थीलाई सय रुपैयाँमा भर्ना र मासिक १ सय ५० शुल्क तोकेको समता स्कुलले नगर शिक्षा शाखासँग कुनै परामर्श लिएको छैन ।
समता स्कुललाई खारेजी गरेपछि २०० बालबालिका भने अलपत्र पर्ने भएका छन् । विद्यालयमा पढ्न आएका बालबालिका कता जाने भन्नेबारेमा अन्योलता छाएको छ ।
Sabin Rai
The fucker parasites-gov employee can not help poor people for education and if some good heart person want to do such pious deed they want to stop it to hide their weakness with such excuse. They can not summon the school and formalise that nonsense paper requirements