एमाले र माओवादीमा मन्त्री छान्ने झमेला, को को छन् त लाइनमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
एमाले र माओवादीमा मन्त्री छान्ने झमेला, को को छन् त लाइनमा

सारांश

  • काठमाडौं, १८ फागुन – एमालेमा मन्त्री छान्न झमेला- १४ फागुनमा चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद्को संख्या ७ पुगेको छ ।
  • बाँकी रहेका ११ मन्त्रालयमध्ये फोरमलाई कम्तीमा २ मन्त्रालय दिने हो भने ९ वटा मात्र बाँकी रहन्छ ।
  • अहिलेसम्म एमालेबाट ४ र माओवादीबाट २ जना मन्त्री बनिसकेका छन् ।

काठमाडौं, १८ फागुन – एमालेमा मन्त्री छान्न झमेला- १४ फागुनमा चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद्को संख्या ७ पुगेको छ । बाँकी रहेका ११ मन्त्रालयमध्ये फोरमलाई कम्तीमा २ मन्त्रालय दिने हो भने ९ वटा मात्र बाँकी रहन्छ । अहिलेसम्म एमालेबाट ४ र माओवादीबाट २ जना मन्त्री बनिसकेका छन् । ९ मध्ये माओवादीले ४ मन्त्रालय लिने सम्भावना रहेकाले एमालेको भागमा ४ या ५ मन्त्रालय मात्र बाँकी रहन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

जब कि एमालेभित्रै अर्थमन्त्रीका दाबेदार सचिव प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डेसँगै अहिलेसम्म मन्त्रीको अवसर नपाएका सचिव योगेश भट्टराई र अर्का सचिव गोकर्ण विष्ट दाबेदार छन् । ओलीलाई नजिकबाट सघाइरहेका विश्वासपात्र नेता ज्ञवाली फोरमसँगको बाँडफाँड टुंगिँदा महत्वपूर्ण मन्त्रालय पाउने सम्भावना कम हुने भएकाले सरकारमा सहभागी हुने कि नहुने द्विविधामा छन् । पाण्डेसहित पदाधिकारी तहका दुई नेतालाई मन्त्री बनाउनुपर्ने दबाब प्रधानमन्त्रीसामु भएकाले २ या ३ मन्त्रालयमा अन्य आकांक्षीलाई मिलाउनुपर्ने हुन्छ ।

त्यसमा नेताहरू छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, वसन्त नेम्वाङ, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, शेरबहादुर तामाङ, गोकुल बास्कोटा, जगत विश्वकर्मा, प्रेम आले, नारदमुनी रानालगायत डेढ दर्जनभन्दा बढी दौडमा रहेकाले एमालेमा मन्त्री छान्न सकस परेको छ । स्थायी समितिले शीर्ष नेताहरूसँगको परामर्शमा मन्त्री छनोट गर्ने जिम्मा प्रधानमन्त्रीलाई नै दिएको छ । त्यसअनुसार प्रधानमन्त्री ओलीले एकसरो परामर्श गरिसके पनि प्रादेशिक, लैंगिक, जातीय सन्तुलनसमेत मिलाएर कसरी छनोट गर्ने अप्ठ्यारो छ ।

एमालेको भागमा परेको परराष्ट्र मन्त्रालय फोरमले लिने करिब निश्चित भएकाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद, बाँकी रहन्छ । यीमध्ये पनि एउटा अझै फोरमसँग बाँडफाँड नटुंगिएकाले कुन–कुन बाँकी रहने निश्चित छैन ।

माओवादीले नाम टुंग्याएका सबै सशंकित

माओवादीको भागमा परेका सातमध्ये दुई मन्त्री नियुक्त भइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित भइसकेको प्रचण्डको सचिवालयले जनायो ।

तर, फोरम पनि सरकारमा सहभागी हुँदा एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ । अहिलेकै मन्त्रालयमा फोरमलाई समेट्ने निश्चित भए माओवादीले टुंग्याएको मन्त्रीको नाममा एकजना कटौती हुने सम्भावना देखिन्छ । त्यसैले मन्त्रीका लागि छानिएकाहरू ‘रिङ आउट’ हुन सक्ने भन्दै सशंकित छन् । माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो अझै लगाएको छैन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Saud Krishna

    चुनाब पछी 2 महीना देउबा ले खायो मन्त्रीण्डल गठन गर्न केंद्र सरकार ले कमती मा 2 तिन महीना खानछ होला
    त्यस पछी यता घुमदा उता घुमदा 2 महीना जति लाग्छ भाषण मैं सिमित रहे पछी कहिले बिकास हुन्छ त

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?