कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०८०
|
|
३३ पटक हेरिएको
Shares
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिने

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
  • शपथसँगै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथसँगै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीको शपथग्रहण दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा हुन लागेको हो । मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गरेका थिए । उनलाई गठबन्धन दलले मुख्यमन्त्रीका लागि समर्थन गरेका थिए । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्ट कांग्रेसको शेखर कोइराला पक्षका केही सांसदहरु तथा नेकपा एमालेका सांसदहरुको समर्थनमा कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

दुवैजनाको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले सनाखतका लागि शनिबार बोलाएका थिए । त्यस क्रममा कार्कीका पक्षमा बहुमत सांसद देखिएपछि उनैलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । कार्कीको पक्षमा कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीले हस्ताक्षर गरेका थिए ।

(Ativan)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै
लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै
सप्तरी ४ मा तेजुलाल ९ हजार २ सय मतअन्तरले विजयी
सप्तरी ४ मा तेजुलाल ९ हजार २ सय मतअन्तरले विजयी
कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु
कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु
प्रदेश नं १ को प्रदेशसभा बैठक
प्रदेश नं १ को प्रदेशसभा बैठक
अब ६ स्थानको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ?
अब ६ स्थानको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ?
हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्वहालीतर्फ सोच्ने शक्ति मिलोस् : सांसद माझी
हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्वहालीतर्फ सोच्ने शक्ति मिलोस् : सांसद माझी
सर्वोच्चमा भरतपुर मतगणना विवादः केहीबेरमा यस्तो हुनसक्छ निर्णय !
सर्वोच्चमा भरतपुर मतगणना विवादः केहीबेरमा यस्तो हुनसक्छ निर्णय !
दबाबमा दाहाल : प्रधानमन्त्रीका ३ अप्ठ्यारा
दबाबमा दाहाल : प्रधानमन्त्रीका ३ अप्ठ्यारा
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता – Nepali Online News Media -shikharnews.com

तपाईंले छुटाउनुभयो कि?