काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई

सारांश

  • मलाई किन मन्त्री बनाइएन ?
  • जनता जान्न चाहन्छन् सत्तारुढ दल नेकपाको स्थायी कमिटिको बैठक जारी छ ।
  • बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
मलाई किन मन्त्री बनाइएन ? जनता जान्न चाहन्छन्

सत्तारुढ दल नेकपाको स्थायी कमिटिको बैठक जारी छ । बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । त्यसैगरी बामदेव गौतमले पनि फरक विचारसहितको लिखित प्रतिवेदन पेश गरेका छन् । यसले नेकपाभित्र असन्तुष्टी बढेको हो कि भन्ने संकेत गर्छ । यिनै विषयमा केन्द्रित रहेर नेता योगेश भट्टराईसँग ऋषि धमलाले कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा भएको कुराकानीको छोटो अंश र पूरा भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

स्थायी समिति बैठकमा छलफलभन्दा बढि विवाद भएको हो ?
बैठक तातोतातो भइरहेको छ । लामो समयपछि बसेको बैठक भएकाले पनि बैठक तातेको हो । विधानमा ३–३ महिनामा बैठक बस्नुपर्ने उल्लेख छ । त्यसैगरी स्थायी समिति बैठक १५–१५ दिनमा बस्नुपर्ने हो । समयमा बैठक नबसेकाले पनि लामो समयदेखिको विषयवस्तुमा छलफल भइरहेको छ ।

नेकपा पनि अब विधानअनुसार संचालन हुन छाड्यो है ?
नेपालका पार्टीहरु राम्रोसँग संस्थागत भएका छैनन् । हाम्रो दल बन्नेक्रम मै छ । पार्टी संक्रमणकालमै रहेकाले नेताहरु जिम्मेवार बन्नुपर्छ ।

अध्यक्षद्धयको प्रतिवेदनसँगै र बामदेव गौतमको पनि फरक प्रतिवेदन आयो । गौतमको प्रतिवेदनलाई कसरी लिनुभएको छ ?
बामदेव गौतमको फरक विचार होइन । अध्यक्षद्धयको प्रतिवेदनमाथिको विचार मात्रै हो । गौतमले योबीचमा भएका कमी कमजोरीलाई सुत्रवद्ध तरिकाले प्रस्तुत गर्नुभएको छ । तर उहाँको लेखाइमा अलि बढि आक्रोष देखिएको छ ।

गौतम किन आक्रोषित हुनुभयो ?
अध्यक्ष र उहाँबीचमा सम्बन्ध विग्रेकाले आक्रोष देखिएको हो । आक्रोषसँगै तथ्यहरु पनि पेश गर्नुभएको छ ।

अध्यक्षहरुले पेश गर्नुभएको प्रतिवेदन त पार्टीकोभन्दा पनि सरकारको जस्तो देखियो भन्ने गुनासो आएको छ नि ?
पार्टी नै सरकारी भएपछि अध्यक्षद्धयको प्रतिवेदन सरकारी जस्तै हुनु स्वभाविक छ । तर त्यहाँभित्र आगामी योजना र चुनौतिहरु चाँही उल्लेख गर्नुभएन ।

सरकारले गरेका कमी कमजोरीहरु प्रतिवेदनमा छन् ?
वास्तवमा सरकारले गलत काम गरेको छैन । काम गर्दै जाँदा गल्ती भएको हो । जानीजानी प्रधानमन्त्रीले केही पनि गल्ती गर्नुभएको छैन । काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुहुन्छ ।

चुनावका बेला केपी ओलीले तपाईलाई चुनाव जिताएर पठाएपछि मन्त्री बनाउँछु भनेर जनतासामु भन्नुभएको थियो । तर मन्त्री किन बनाउनुभएन ?
यस विषयमा मेरो भन्नु केही छैन । मन्त्री बनाउनुभएन, च्याप्टर क्लोज भयो । तर जनताले सोधिरहेका छन् । यो चाँही जनता जान्न चाहन्छन् । तर मलाई यस विषयमा केही भन्नुछैन । तीन जनाबाहेक सबै मन्त्री हाम्रै दलका हुनुहुन्छ । म भए जस्तै हो ।

नेकपाभित्र पनि गुट मौलाउन थाल्यो । यसले पार्टीलाई घाटा पर्दैन ?
हामी गुट भन्दैनौँ । विचार समुह हो । सबै विचार समुहलाई व्यवस्थापन गर्न सक्यो भने समस्या हुँदैन । तर नेताहरुमा घमण्डा, इश्र्या, डाहा हुनु भएन ।

योगेश भट्टराईसँगको विस्तृत अन्तरवार्ता :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
नेपालले चाहँदैमा सार्क सम्मेलन सम्भव छैनः परराष्ट्रमन्त्री ज्ञवाली
कांग्रेस, राजपा र फोरमको प्रचण्डलाई यस्तो अफर : प्रचण्ड लचक
कांग्रेस, राजपा र फोरमको प्रचण्डलाई यस्तो अफर : प्रचण्ड लचक
पूर्वी पहाडमा चासोक तङनामको रौन
पूर्वी पहाडमा चासोक तङनामको रौन
रामहरि खतिवडालाई एमालेका यज्ञराज सुनुवारले  हराए
रामहरि खतिवडालाई एमालेका यज्ञराज सुनुवारले हराए
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
पोखराका होटलमा ९० प्रतिशत पर्यटक
पोखराका होटलमा ९० प्रतिशत पर्यटक
राप्रपाद्वारा  पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय
राप्रपाद्वारा पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय

तपाईंले छुटाउनुभयो कि?