जेल सजाय विरुद्ध पल शाह उच्च अदालतमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २५, २०७९
|
|
१८ पटक हेरिएको
Shares
जेल सजाय विरुद्ध पल शाह उच्च अदालतमा

सारांश

  • काठमाडौं ।
  • आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।
  • नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

काठमाडौं । आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।

नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन गरेका हुन् । नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै अभिनेता शाहलाई २५ हजार रुपैयाँ जरिवाना, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले पुनरावेदन गरेका हुन् ।

सोही प्रकृतिको उनीविरुद्धको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । तनहुँ अदालतले पनि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाह हाल तनहुँ कारागारमा छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    20bet

    I am currently writing a paper that is very related to your content. I read your article and I have some questions. I would like to ask you. Can you answer me? I’ll keep an eye out for your reply. 20bet

    Comment Author

    Μπνου αναφορ Binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?