कारबाहीमा परे जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०७४
|
|
४२ पटक हेरिएको
Shares
कारबाहीमा परे जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी

सारांश

  • प्रहरीले काठमाण्डु उपत्यकामा जथाभावी बाटो काट्नेविरुद्ध मंगलबारदेखि थालेको अभियानका क्रममा धेरै पक्राउ परे ।
  • प्रहरीले जेब्रा क्रसिङ र आकाशेपुल बाहेकका स्थानबाट बाटो काट्ने र सडकमा हिंड्नेलाई पक्राय गर्दै २ सय जरिवाना लिँदै छाड्ने गरेको छ ।
  • मंगलबार मात्र ३० हजार पक्राउ परे ।

प्रहरीले काठमाण्डु उपत्यकामा जथाभावी बाटो काट्नेविरुद्ध मंगलबारदेखि थालेको अभियानका क्रममा धेरै पक्राउ परे ।

प्रहरीले जेब्रा क्रसिङ र आकाशेपुल बाहेकका स्थानबाट बाटो काट्ने र सडकमा हिंड्नेलाई पक्राय गर्दै २ सय जरिवाना लिँदै छाड्ने गरेको छ । मंगलबार मात्र ३० हजार पक्राउ परे । बुधबार बिहानैदेखि अभियान जारी छ । अभियानकै सिलसिलामा बानेश्वरमा ट्राफिक प्रहरीले जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीलाई पक्राउ गरेर जरिवाना लगाएको छ । बिहान करिब साढे नौ बजेतिर भण्डारी बानेश्वरको कृष्ण सदन अगाडिबाट सडक पार गरेर एभरेष्ट बैंकतर्फ जान खौज्दै थिए । ट्राफिक प्रहरीको फन्दामा परिहाले ।

सुरुमा भण्डारीले प्रतिवाद गरे । ‘पूर्वसूचना बिनै यस्तो गर्न पाइन्छ ?’, उनी कड्किए । प्रहरीले सञ्चार माध्यममार्फत र सार्वजनिक स्थानमा सूचना दिएरै अभियान थालिएको जवाफ दिए । प्रहरीले दुई सय मागे । भण्डारीले सयका दुईवटा नोट झिकेर दिए र बाटो लागे । तर, प्रहरीले फेरि रोके । हेलो, हेलो चिट लिएर जान्स् । भण्डारी फर्किए र चिट लिएर एभरेष्ट होलटको अगाडि पट्टिबाट बबरमहलतिर लागे ।

भण्डारीले यतिसम्म चाहिं इमान्दारिता देखाए कि आफू नेता भएको उनले बताएनन् । दलका नेता भनेको भए सायद प्रहरीले उनलाई छाडिदिन्थे होला । तर, उनले आफू नेता भएकाले कारबाही गर्न नमिल्ने बताएनन्, बरु दुई सय बुझाएर बाटो लागे ।

श्रोतका सहयोगी : काठमाडौ टुडे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुममा एक लाख ९३२ मतदाताले मतदान गर्न पाउने
रुकुममा एक लाख ९३२ मतदाताले मतदान गर्न पाउने
राष्ट्रपति पौडेल बागलुङमा
राष्ट्रपति पौडेल बागलुङमा
कर्मचारीमा कोरोना सङ्क्रमणः वैदेशिक रोजगार कार्यालयको सेवा बन्द
पाकिस्तानद्वारा भारतीय वायु सेनाका चालक रिहाई, शुक्रबार भारतलाई बुझाइदिने
पाकिस्तानद्वारा भारतीय वायु सेनाका चालक रिहाई, शुक्रबार भारतलाई बुझाइदिने
जेठ २८ गते मंगलबारको राशीफल यस्तो छ, आज कसलाई के उत्तम ?
पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’
पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने
एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने
संगठन मजबुत बनाउन कार्यकर्तालाई सिंहको निर्देशन
संगठन मजबुत बनाउन कार्यकर्तालाई सिंहको निर्देशन
स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार
स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार