देउवाको अबको दाउ देखेर पौडेल समूह रूष्ट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
देउवाको अबको दाउ देखेर पौडेल समूह रूष्ट

सारांश

  • काठमाडौं, माघ १६ ।
  •   प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई अझै शक्तिशाली बनाउने तयारी गरेका छन् ।
  • चुनावमा पार्टीले पराजय बेहोरेपछि नेतृत्व हस्तान्तरणका लागि दबाब भइरहेका बेला देउवाले नयाँ रणनीतिका साथ आफूलाई बलियो बनाउन लागेका हुन् ।

काठमाडौं, माघ १६ ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई अझै शक्तिशाली बनाउने तयारी गरेका छन् । चुनावमा पार्टीले पराजय बेहोरेपछि नेतृत्व हस्तान्तरणका लागि दबाब भइरहेका बेला देउवाले नयाँ रणनीतिका साथ आफूलाई बलियो बनाउन लागेका हुन् ।

सामुहिक नेतृत्वको रुमपा महामन्त्री, उपसभापति लगायतका पदाधिकारीलाई समेत भएको अधिकार खोसेर सभापतिलाई अधिकारसम्पन्न बनाई आफू शक्तिशाली बन्न लागेको बताईको छ ।

अब बस्ने केन्द्रिय समिति बैठकपछि महासमिति बैठक बस्ने निश्चित जस्तै भएको छ । महासमिति बैठकबाट विधान संशोधन गराएर सबै अधिकार सभापतिमा निहित गर्ने प्रयास देउवाको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई पेलेरै भए पनि सभापतिलाई अधिकारसम्पन्न बनाउने तयारी देउवाले गरेका हुन् ।

विधान संशोधन गरेर सभापतिलाई नै एकल अधिकार दिने विषयमा पौडेल पक्षले विमति राख्दै आएका छन् । तर पौडेल पक्षका नेता तथा पार्टीका महामन्त्री शशांक कोइरालालाई संसदीय दलको नेता बताएर पौडेल समुहमा फुट ल्याउने कसरतसमेत देउवाले गरेको बताईएको छ ।

देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर आवाज उठाएका युवा नेताहरुबिचमा देउवाले रणनीतिक तरिकाले विभाजन ल्याइसकेका छन् ।

तर देउवाले प्रयास गरे पनि विधान संशोधन गर्न त्यति सहज भने छैन । कांग्रेस नेता डा. रामशरण महतले यस विषयमा विमति जनाइसकेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतले देउवाले भनेर मात्रै विधान संशोधन हुन नसक्ने बताएका छन् ।

देउवा पक्षका नेता बालकृष्ण खाँडले सभापतीय प्रणालीमा जाने गरी विधान संशोधन गरिने बताएका थिए ।

तर महतले भने काम गरेर देखाउन चुनौति दिदै देउवालाई शक्तिशाली बन्न सुझाब दिए । “एक जनाले भन्दैमा शक्तिशाली बन्ने होइन । महासमितिमा देशभरका नेता कार्यकर्ताले आफ्ना कुरा राख्छन् । कुनै पनि प्रस्तावमा लामो छलफल हुन्छ । परिणाम निस्कन्छ । एउटा व्यक्तिले भनेर विधान संशोधन हुँदैन ।” महतले भने ।

देउवाले गरेका कामको बारेमा आफूले केही टिप्पणी नगर्ने भन्दै महतले जे जस्ता काम भएका छन्, त्यसको जवाफ देउवा आफैले दिनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?