काेराेना भाइरस : एकै दिन ९ सय ७४ जनाको मृत्यु
सारांश
- काठमाडौँ ।
- विश्वभर कोरोना भाइरस (कोभिन १९) को संक्रमणबाट बुधबार मात्रै ९ सय ७४ जनाको ज्यान गएको छ।
- यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ५२ पुगेको छ।
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिन १९) को संक्रमणबाट बुधबार मात्रै ९ सय ७४ जनाको ज्यान गएको छ। यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ५२ पुगेको छ। बिहीबार बिहानसम्म विश्वका १७३ देशमा कोरोनाको संक्रमण देखिएको छ ।
बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट २ लाख १८ हजार ९ सय २४ जना संक्रमित भएका छन् । जसमध्ये हिजो मात्रै २० हजार ६ सय ९३ जना नयाँ संक्रमित फेला परेका हुन् ।
पछिल्लो २४ घण्टामा इटलीमा सबैभन्दा बढी ४ सय ७५ जनाको ज्यान गएको छ । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ।
यस्तै बुधबार इरानमा १४७, स्पेनमा १०५, अमेरिकामा ४३, फ्रान्स ८९, यूके ३३, नेदरल्याण्ड १५ र दक्षिण कोरियामा १० जनाको ज्यान गएको हो ।
कोरोना भाइरसको उद्गमस्थल चीनमा भने बुधबार पनि कोरोना संक्रमित फेला परेका छैनन् ।
प्रतिक्रिया