रोटर्याक डाउन टाउन दारा साक्षरता अभियानको सुभारम्भ !

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
रोटर्याक डाउन टाउन दारा साक्षरता अभियानको सुभारम्भ !

सारांश

  • रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले नयां प्रोजेक्टको रुपमा रोट्याक्ट भिलेज रुपन्देहीको चरंगेमा साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ ।
  • प्रोढ उमेरका महिलाहरुलाई अक्षर पढ्न र लेख्न सिकाउने उद्देश्यले साक्षरता कक्षा संचालन गरिएको हो ।
  • ३०३५ जना बढि महिलाहरुको सहभागिता रहेको साक्षरता कक्षामा शिक्षा ईन्दिरा शर्माले सहजीकरण गर्ने बताईएको छ ।

रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले नयां प्रोजेक्टको रुपमा रोट्याक्ट भिलेज रुपन्देहीको चरंगेमा साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । प्रोढ उमेरका महिलाहरुलाई अक्षर पढ्न र लेख्न सिकाउने उद्देश्यले साक्षरता कक्षा संचालन गरिएको हो । ३०३५ जना बढि महिलाहरुको सहभागिता रहेको साक्षरता कक्षामा शिक्षा ईन्दिरा शर्माले सहजीकरण गर्ने बताईएको छ । तिन महिनसम्म चल्ने साक्षरता कक्षाको शुभारम्भ गर्दै रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष जिवन अधिकारीले रोट्याक्ट क्लबले गर्ने हरेक कार्यहरुमा रोटरी क्लबको सहयोग र सहकार्य रहने बताए ।

उनले बुटवलसंग नजिकै रहेर पनि शिक्षा  स्वास्थ्य र अन्य विकासका कार्यहरुमा पछाडी परेको चरङगेलाई रोट्याक्ट भिलेज बनाएर स्वास्थ्य शिक्षा जस्ता क्ष्ँेत्रमा सहयोग पुयाउने गरी योजना तयार गरिएको बताए । उनले रोट्याक्ट क्लबले शुरु गरेको यो कार्यमा रोटरी क्लबको सहयोग रहने बताए । क्लबका अध्यक्ष राजिव गौतमको अध्यक्ष्ँता तथा रामप्रसाद बेल्बासेको संचालनमा सम्पन्न भएको कार्यक्रममा रोट्याक्ट क्लबका जेडआरआर लक्ष्मण खरेल, रोट्याक्ट क्लब अफ बुटवल डाउन टाउनका पूर्व अध्यक्ष बालकृष्ण पाण्डे, कार्यक्रम संयोजक लक्ष्मण पन्थी लगायतले बोलेका थिए ।

विगत चारवर्ष देखि हरेक वर्ष संचालन भएको साक्ष्ँरता कार्यक्रमबाट महिलाहरुले टेलिफोन, खानेपानी तथा विद्युतको बिल कति आयो हेर्न, मोबाईल उठाउन तथा पैसा चिन्न समेत सहज भएको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?